फ्याक्ट चेक : ट्रम्पले अमेरिकाका आप्रवासीलाई ७ दिनमा देश छाड्न आदेश दिएकै हुन् ? | Khabarhub Khabarhub

फ्याक्ट चेक : ट्रम्पले अमेरिकाका आप्रवासीलाई ७ दिनमा देश छाड्न आदेश दिएकै हुन् ?


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकमा रहेका विदेशी नागरिकलाई ७ दिनमा देश छाड्न आदेश दिएको भन्दै समाचारहरु भाइरल भइरहेका छन् ।

कैयौं नेपाली अनलाइनलेसमेत यो समाचारलाई प्रकाशित गरेका छन् । तर यसको वास्तविकता भने अर्कै छ । यसको तथ्य जाँच्दा त्यस्तो पाइन्न, जसरी समाचारहरु सार्वजनिक भइरहेका छन् ।

सूचना विभागमा नै दर्ता भएको राजनीतिडटकमा सार्वजनिक समाचारमा ७ दिनभित्र अमेरिका छाड्न विदेशीलाई ट्रम्पको चेतावनी शीर्षकमा समाचार छ । हेर्नुहोस् उक्त समाचार

यस्तै अनलाइनडबली नामको अर्को अनलाइनले पनि सात दिनभित्र आफ्ना नागरिक फिर्ता लिन नेपालसहितका देशलाई ट्रम्पको आदेश शीर्षकमा समाचार प्रकाशित गरेको छ । उक्त समाचारका लागि यहाँ क्लिक गर्नुहोस्

तर यसरी ट्रम्पले देश निकालाका लागि आदेश जारी गरेको हवलासहित प्रकाशित समाचारको तथ्य भने भेटिदैन्। शुक्रबार राति ट्रम्पले एउटा मेमो जारी गरेका छन्, उक्त मेमो अमेरिकामा रहेका विदेशीहरुलाई ७ दिनभित्र देश छाड्न भनेर बाहिर अपवाह फैलाइए पनि खासमा त्यसको वास्तविकता अर्कै छ ।

उक्त मेमोमा अमेरिकी अदालतबाट देश निकालाको आदेश पाइसकेकाहरुलाई अमेरिकाले देश निकाला गर्दा त्यसलाई अस्वीकार गरे सम्बन्धित मुलुकहरुकै भिसा प्रतिबन्ध लगाउने ट्रम्पले चेतावनी दिएका छन् ।

हेर्नुहोस् मेमोको पूर्ण पाठ

अमेरिकाले अदालतबाट देश निकालाको आदेश पाएकाहरुलाई देश निकाला रोकेको छैन ।

देश निकालाका लागि सम्बन्धित देशले आफ्ना नागरिक स्वीकार्न तयार भइसकेपछि ती देशसम्म पुर्‍याउँने व्यवस्थापन अमेरिकाले नै गर्छ ।

सामान्यतया अमेरिकाले विमान चार्टड गरेर ती देशहरुमा उनीहरुका नागरिकलाई देश निकाला गर्दै आएको छ ।

शुक्रबार राति ट्रम्पले जारी गरेको आदेशमा यदि कुनै देशले अमेरिकाबाट देशनिकाला हुने व्यक्तिलाई कोरोना भाइरसको संक्रमण ब्यापक भएको अमेरिकामा समय विताएको आधारमा स्वीकार्न तयार नभएमा त्यस्ता देशमाथि भिसा प्रतिबन्ध लगाउने उल्लेख गरिएको हो ।

अमेरिकामा रहेका सबै विदेशीलाई अमेरिका छाड्न आदेश दिइएको भने होइन ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ७ : ४३ बजे

देशभर फैलियो मनसुन

काठमाडौं– यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ ।

वालिङमा हल गोरु पाल्ने किसानलाई अनुदान, प्रतिहल कति ? 

वालिङ– स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान

‘सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार सवारी दुर्घटनाबाट हुने

पत्रकारलाई मुख्यमन्त्रीले भने- ढुक्क भएर कलम चलाउनुस्

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ढुक्क भएर कलम चलाउन पत्रकारहरूलाई

प्रधानमन्त्रीसँग उपनिर्वाचनबारे आयोगको परामर्श

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा र