विकासशील राष्ट्रका नाममा चीनले नचाइदो फाइदा उठाएको ट्रम्पको आरोप | Khabarhub Khabarhub

विकासशील राष्ट्रका नाममा चीनले नचाइदो फाइदा उठाएको ट्रम्पको आरोप


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विकासशील राष्ट्रका नाममा चीनले नचाइदो फाइदा लिएको आरोप लगाएका छन् ।

ट्रम्पले ह्वाइट हाउसमा नियमित प्रेस कन्फरेन्समा बोल्दै ट्रम्प पुनः एकपटक चीनप्रति आक्रोशित हुँदै विकासशील देशको दर्जामा रहेर चीनले धेरै फाइदा उठाएको आरोप लगाएका हुन् ।

अनेकौँ फाइदा लिन पाउने हो भने अमेरिकालाई पनि विकासशील देश बनाउन उनले माग गरे ।

‘चीनले अविश्वसनीय रुपमा हामी र अन्य देशको फाइदा उठाएको छ । तपाइँहरुलाई थाहा छ तीनलाई विकासशील देश मानिन्छ । म भन्छु, ठीक छ त्यसो भए हामीलाई पनि विकासशील देश बनाइदिनुस् ।’

विश्व् व्यापार संगठनले पनि अमेरिकाको फाइदा उठाएको ट्रम्पले आरोप लगाए ।

चीन अमेरिकाको सहयोगमा विश्व व्यापार संगठनमा प्रवेश गरेपछि मात्र उसको अर्थव्यवस्था बढ्न लागेको दावी गर्दै राष्ट्रपति ट्रम्पले अहिले विश्व व्यापार संगठन नै अमेरिकासँग निष्पक्ष हुन नसकेको बताएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ८ : १७ बजे

इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा छौँ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका

३४ लाख लागतमा खानेपानी आयोजना निर्माण

बेलबारी– मोरङ लेटाङ नगरपालिका–७  समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर

बेलायती सैन्य बेसमा पसे प्रो-प्यालेस्टिनी कार्यकर्ता, दुई लडाकु विमानमा क्षति

लण्डन- बेलायतमा प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूले एक सैन्य एयरबेसमा तोडफोड गर्दै

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

काबुल– पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौं- सांसदहरूले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा मात्रै आवश्यकभन्दा