कोरोना भाइरसविरुद्धको लडाइँ जितेर घर फर्किए ४ लाख बढी संक्रमित « Khabarhub

कोरोना भाइरसविरुद्धको लडाइँ जितेर घर फर्किए ४ लाख बढी संक्रमित


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित चार लाखभन्दा धेरै बिरामीहरु निको भएका छन् ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर चार लाख ४ हजार भन्दा बढी संक्रमित निको भइसकेका छन् । अहिलेसम्म विश्वभर १७ लाख ८० हजार भन्दा धेरै संक्रमित भइसकेका छन् ।

पछिल्लो तथ्यांकमा सबैभन्दा धेरै चीनका नागरिक निको भएका छन् । चीनमा अहिलेसम्म ७७ हजार ५ सयभन्दा बढी मानिस निको भइसकेका छन् । १ हजार १ सय बढी बिरामी उपचाररत छन् । चीनमा अत्यन्त न्यून दरमा मात्र कोरोनाको संक्रमण देखिएको छ । चीनले लगभग व्यवस्थापन गरिसकेको अवस्था छ । ८२ हजार ५२ संक्रमित रहेको चीनमा अधिकांश मानिस भने निको भएका हुन् ।

त्यस्तै स्पेनमा पनि ५९ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । तर, यो मुलुकमा अझै ८७ हजारभन्दा धेरै अझै उपचाररत रहेका छन् । जर्मनीमा पनि अहिलेसम्म ५७ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् । जर्मनीमा समग्र संक्रमितको संख्या पनि एक लाख २५ हजार नाघिसकेको छ । त्यहाँ ६५ हजारभन्दा बढी संक्रमित निको हुन बाँकी छन् ।

इरानमा पनि अहिलेसम्म ४१ हजारभन्दा धेरै मानिस निको भइसकेका छन् । इरानमा ७० हजार कुल संक्रमितमध्ये अब २३ हजारभन्दा बढी मानिस निको हुन बाँकी छन् भने चार हजार तीन सय ५७ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी फ्रान्समा २६ हजार ३ सय ९१ जना निको भएका छन् । १३ हजार ८ सय भन्दा बढीले ज्यान गुमाएका छन् भने ८९ हजार ४ सय भन्दा कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ९ : ३७ बजे

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल

 समयमै निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भएको अर्थमन्त्रीको गुनासो

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई