नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर, अप्रिल १ देखि कामदार लैजाने प्रक्रिया थालिने « Khabarhub

नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर, अप्रिल १ देखि कामदार लैजाने प्रक्रिया थालिने


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली श्रमिकलाई जापान लैजाने विषयमा नेपाल र जापानबीच सोमबार कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा हस्ताक्षर भएसँगै आगामी अप्रिल १ देखि नेपाली कामदार जापान लैजाने विषयमा प्रक्रिया अघि बढ्ने छ ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले श्रम समझदारीमा हस्ताक्षर गरे ।

समझदारी भएसँगै नेपालमा जापानले कोरियन भाषा परीक्षा ईपीएस शाखा कार्यालय जस्तै जापानीज सूचना केन्द्र खोल्न भएको छ । भाषा परीक्षा उत्तिर्ण गरेर जाने तथा जापानमा त्यहाँका नागरिकसरह तलव, सुविधा पाउने भएका कारण यो तुलनात्मक रुपमा निश्पक्ष र लाभदायक हुने अपेक्षा श्रम मन्त्रालयले गरेको छ ।

नेपाली कामदार सरकारी संयन्त्रमार्फत नै जापान जान पाउनेछन् । जापान कामदार पठाउने काममा म्यानपावर कम्पनी संलग्न हुने पाउने छैनन् ।

एमओसी समझादारीपत्रमा हस्ताक्षर भएपनि ठूलो संख्यामा नेपाली श्रमिक रोजगारीका लागि जनापान जान पाउने सम्भावना भने कम छ । सोमबार श्रम समझदारी भएपनि आगामी अप्रिलदेखि जापानमा नेपाली कामदार लैजाने प्रक्रिया शुरु हुनेछ ।

पहिलो चरणमा जापानले ४ क्षेत्रलाई प्राथमिकतामा राखेको पाइएको छ । सुरुवाती चरणमा स्वास्थ्य, उद्योग, केयरगिभर र कृषि क्षेत्रका लागि नेपाली श्रमिक लिने जापानको नीति छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १ : ३० बजे

आईपीएलः सुनिल नारायण चम्किँदा गुजरातमाथि कोलकाताको २९ रनको रोमाञ्चक जित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ  – आज २०८३ साल जेठ ३ गते आइतबार। जेठ

आज २०८३ साल जेठ ३ गते आइतबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ३ गते आइतबार। जेठ

अमेरिका–इरान शान्ति वार्ता पहल जारी, पाकिस्तानी मन्त्री तेहरानमा

तेहरान – युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरानबीचको शान्ति वार्तालाई