तीन जनामा कोरोनाभाइरस संक्रमण देखिएपछि नजिक भएकाहरु खोजिँदै « Khabarhub

तीन जनामा कोरोनाभाइरस संक्रमण देखिएपछि नजिक भएकाहरु खोजिँदै


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वीरगञ्‍जको एक मस्जिदमा रहेका तीन व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि अरु सम्भावित संक्रमितको खोजी थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्‍ज महानगरपालिका-२, छपकैयास्थित मस्जिदमा रहेका २१ मध्ये तीनमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार त्यस मस्जिदमा बसेका २१ जनाको परीक्षण गर्दा तीनजना कोरोना पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित पुष्टि भएका३७, ५५ र ४४ वर्षीय पुरुषहरु रहेका छन् ।

उनीहरूलाई कोभिड-१९ शंका लागी नारायणी अस्पताल वीरगञ्‍जको आइसोलेशनमा राखेर उपचार थालिएको थियो। त्यहीँ उनीहरुको थ्रोट स्वाब लिएर कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडाको ल्याबमा परीक्षण गरिँदा कोरोना पुष्टि भएको हो।

उक्त परिक्षणमा २१ जनामध्ये शंकास्पद तीनजनाको रिपोर्ट पोजेटिभ देखिएपछि पुन: एकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको थियो। शनिबार भएको पुन:परीक्षणबाट ती तीनजनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले आइतवार दिउँसो सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।   तीनजनामा कोरोना पुष्टि भएपछि उनीहरु नजिक आएका अन्यको खोजी थालिएको छ। उनीहरु घुमेको स्थानसमेत पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ३ : ०१ बजे

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको