लकडाउनमा पनि जारी छ रंगशाला साजसज्जाको काम « Khabarhub

लकडाउनमा पनि जारी छ रंगशाला साजसज्जाको काम


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नोबेल कोरोना भाइरस (कोभिड १९) ले गर्दा देश अहिले लकडाउनमा छ । कोरोना संक्रमण फैलने त्रासले मानिसहरु घर भित्रै बसिरहेका छन् ।   तर, त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको साज सञ्जाको काम भने जारी नै रहेको छ ।

शनिबार बेलुका रंगशालामा पहिलो चरणको घाँस काट्ने काम भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।

घाँस काटेर पानी हालिसकेपछि मैदान निकै आकर्षक देखिएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रंगशालामा खेल भएको थियो । साग लगत्तै सहिद स्मारक ए डिभिजन लिग रंगशालामै भएको थियो ।

ए डिभिजन लिग पछि यहिँ महिना फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ संयुक्त छनोट अन्तरगत चाइनिज ताइपेइ र अस्ट्रेलियासँगको नेपालको ‘होम गेम’ हुनेतय भएको थियो ।

उक्त खेलमा लागि रंगशाला मर्मतको काम फागुन पहिलो सातादेखि सुरु भएको थियोे । तर, कोरोना भाइरसका कारण स्थगित भएपछि नेपालले अस्ट्रेलियासँग घरेलु मैदानमा खेल्ने अवसर तत्कालका लागि गुमाइसकेको छ ।

‘लकडाउनले गर्दा रंगशालाको काम ममर्तको रोकिएको थियो । लामो समय पानी नपाएपछि मैदानको घाँस सुक्न थालेको थियो । तर, शनिबार बेलुका मैदानमा पानी पनि हालिएको छ र पहिलो चरणको घाँस पनि काटिएको छ,’ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।

अध्यक्ष शेपाले अब रंगशालाको काम नियमित हुने बताएका छ ।

लकडाउनको बेल कोरोना भाइरसले देशमा भयाबह अवस्था शृजना गरे राष्ट्रिय खेलकुद परिाष्द् (राखेप) र एन्फाले रंगशालालाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सक्ने यसअघि नै बताइसकेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ५ : १३ बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित