कोरोना कहरः क्यानाडामा ५२ अर्ब अमेरिकी डलरको आर्थिक सहायता कार्यक्रम पारित « Khabarhub

कोरोना कहरः क्यानाडामा ५२ अर्ब अमेरिकी डलरको आर्थिक सहायता कार्यक्रम पारित


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मन्ट्रियल- क्यानाडाको संसदले शनिबार दोस्रो विश्वयुद्धपछि देशको सबैभन्दा ठूलो आर्थिक उपायका रुपमा एक ज्याला (वेतन) अनुदान कार्यक्रम पारित गरेको छ ।

व्यवसाय र उनीहरूका कामदारलाई कोरोनाभाइरस संकटबाट जोगिन उक्त कार्यक्रमले मद्दत गर्ने क्यानाडा सरकारले विश्वास गरेको छ ।

क्यानाडाको संसद हाल स्थगित छ, तर इस्टर सप्ताहन्तको मध्यमा बसेको संसदको असाधारण सत्रले करिब ५२ अर्ब अमेरिकी डलरको कार्यक्रम स्वीकृत गरेको छ । कर्मचारी कटौतीको समस्या समाधान गर्न कम्पनीमा कार्यरत कर्मचारीको तलबको ७५ प्रतिशत रकम सरकारले व्यहोर्नेछ ।

प्रधानमन्त्री जस्टिन ट्रुडो उक्त कार्यक्रम पारित गर्ने संसद अधिवेशनमा भाग लिएका थिए । आफ्नी पत्नीलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री जस्टिन एक महिनाका लागि घरमा नै एकान्तबासमा थिए ।

प्रधानमन्त्री जस्टिनले कोरोना महामारीका कारण “फ्रन्टलाइन” जताततै देखिएको बताएका थिए ।

उनले भने, “अहिले यो फ्रन्टलाइन हाम्रो घरमा, हाम्रा अस्पतालहरूमा र सेवा केन्द्रहरूमा, हाम्रा किराना पसलहरूमा र औषधि पसलहरुमा, हाम्रा यातायातका साधन रोक्ने ठाउँहरुमा र ग्यास स्टेशनहरूमा छ ।”

“यी स्थानहरूमा काम गर्ने मानिसहरू हाम्रो आधुनिक दिनका नायकहरू हुन्” उनले भने ।

कोरोना संकट उत्पन्न भएयता यो दोस्रो आर्थिक सहयोग विधेयक हो । पछिल्लो विधेयकको मुख्य उद्देश्य नै “क्यानाडालीहरुलाई आफ्नो जागिर जोगाइ राख्न र तलब पाउने सुनिश्चित गराउनु हो,” प्रधानमन्त्रीले भने, “यो दोस्रो विश्वयुद्धपछि क्यानाडाको सबैभन्दा ठूलो आर्थिक प्याकेज हो ।”

अर्थमन्त्री बिल मोरेनोले यो तलबी आर्थिक प्याकेज तीन महिनाका लागि रहेको बताए । क्यानाडामा गत महिना १० लाखभन्दा बढी रोजगारी गुमेको थियो ।

क्यानाडामा शनिबारसम्ममा २३ हजार १९७ जना कोरोना संक्रमित रहनुका साथै ६७८ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ६ : १३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल