सलिनमानले भने – ‘नम्बर वान’सँग भिड्दै छु, भाग्नुभन्दा भिड्न ठीक ठानेँ « Khabarhub

सलिनमानले भने – ‘नम्बर वान’सँग भिड्दै छु, भाग्नुभन्दा भिड्न ठीक ठानेँ


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘यात्राः द म्युजिकल भ्लग’ मा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता सलिनमान बनियाँले आफूलाई भाग्नुभन्दा भिड्नु ठीक लागेकाले चैत्र २९ गते अर्का स्टार कलाकार अनमोल केसीसँग भिड्न लागेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजना गरिएको फिल्म ‘यात्रा’ को ट्रेलर रिलिज कार्यक्रममा पत्रकारले सोधेको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

नयाँ वर्षको अवसर पारेर एउटै मितिमा दुई स्टारका फिल्म ‘यात्रा’ र ‘ए मेरो हजुर ३’ रिलिज हुँदैछन् । अझ रोचक कुरा के छ भने फिल्म ‘ए मेरो हजुर २’ लाई झरना थापाले निर्देशन गरेकी थिइन् । उनले उक्त फिल्मबाट सलिनमान बनियाँलाई डेब्यु गराएकी थिइन् । सलिनमान भने फिल्म ‘यात्रा’ बाट निर्देशक झरना थापाकै फिल्मसँग प्रतिस्पर्धा गर्दैछन् ।

सलिनमानले पत्रकारले सोधेका थिए, ‘यही मितिमा अर्का फिल्मसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, कस्तो महसूस गर्नुभएको छ ?’

प्रश्नको उत्तरमा सलिनमानले भने, ‘रोनाल्डोसँग पनि मेस्सीसँग प्रतिस्पर्धा हुन्छ, जसले जितेपनि अर्कोले हारेको भन्ने हुँदैन ।’

उनको भनाइ थियो, ‘मेरो प्रतिस्पर्धा पनि नम्बर एकसँग हो नि, भाग्नुभन्दा भिड्नु ठीक लाग्यो ।’

उनको यो भनाइसँगै सलिनमानले अनमोल केसीलाई नम्बर वान स्वीकारेको प्रष्ट भएको छ । सँगै उनले आफूलाई पनि अनमोलभन्दा कम नभएको प्रमाणित गर्न खोजेका छन् ।

फिल्म ‘यात्रा’ मा सलिनमानको मुख्य भूमिका छ भने फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ३ : १६ बजे

परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’को सुरुआत गरेको

हिक्मतको अडानपछि गले ओली, कोशीमा कार्कीले नै निरन्तरता पाउने

काठमाडौं – कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने चर्चा चलिरहेका बेला

भेटनरी अस्पतालका प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा

झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

नयाँदिल्ली – भारतको पूर्वीराज्य झारखण्डमा चट्याङ लागेर कम्तीमा १४ जनाको

इँटाभट्टाको पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर