अमेरिकाममा टोनार्डोका कारण ७ जनाको मृत्यु, कयौं घरमा क्षति « Khabarhub

अमेरिकाममा टोनार्डोका कारण ७ जनाको मृत्यु, कयौं घरमा क्षति


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकामा टोनार्डो(आँधी) कारण कम्तिमा ७ जनाको मृत्यु भएको छ । आँधीका कारण लुजियानामा सयौं भवनमा क्षति पुर्याएको छ ।

राष्ट्रिय मौषम सेवाका अनुशार टोनार्डो मिसिसिपीका अरु भागमा फैलिएको छ भने अलावामा राज्य क्षेत्रको नजिक प्रवेश गरेको छ ।

लुजियानामा कैयन भवनमा क्षति पुग्नुकासाथै हजारौंका घरमा विद्युत आपूर्तीमा अवरोध उत्पन्न भएको छ ।  मोनरोका मेयरका अनुशार सिटी र आसपासमा झण्डै ३ सय घरमा क्षति पुगेको छ ।

मोनरो क्षेत्रीय विमानस्थलका कैयन उडानहरु रद्द गरिएका छन् भने टोनार्डोले पार्कमा राखिएका विमानमा ३० मिलियन डलर सम्मको क्षति गरेको छ । डेसोटो र वेवेस्टरमा पनि कैयन घरमा क्षति पुगेको छ ।

टेक्सासमा कम्तीमा २ वटा टोनार्डोहरु आएको बताइएको छ । मोगर्न काउन्टीमा चर्चको छानो भत्किएको छ भने कोही घाइते भएको खबर प्राप्त भएको छैन । अमेरिकाको दक्षिणी क्षेत्र जोखिममा रहेको मौषमविदहरुले चेतावनी दिएका छन् ।

यसैबीच सोमबार विहानैदेखि न्युयोर्कमा ७० माइल प्रतिघण्टाको दरले हावाहुरी चल्नुका साथै भारी बर्षा समेत हुने मौषमविदहरुले जनाएका छन् ।

समुन्द्री तटहरुमा हावाको बेग अझै उच्च हुनेछ । हावाहुरी र बर्षाका कारण रुखहरु ढल्ने र कतिपय स्थानमा विद्युत आपूर्तीमा अवरोध उत्पन्न हुनसक्ने जनाइएको छ । सोमबार कडा मेघगर्जन समेत हुनसक्ने मौषमविदहरुले अनुमान गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ९ : ०८ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान