कोरोनाको उपचारमा संलग्न नर्सको मनछुने फोटोसहितको पोष्ट जसले धेरैलाई बनायो भावुक | Khabarhub Khabarhub

कोरोनाको उपचारमा संलग्न नर्सको मनछुने फोटोसहितको पोष्ट जसले धेरैलाई बनायो भावुक


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतको एक अस्पतालमा कोरोना भाइरसको उपचारमा संलग्न भएकी एक नर्सले लगातार १३ घण्टा प्रोटेक्टिभ गियर लगाएर काम गरेपछि बिग्रिएको आफ्नो अनुहारको फोटो शेयर गरेकी छिन् ।

बेलायतको नटंघमशायरको पूर्वी रेटफोर्डकी नर्स एमी गोल्डले आफ्नो यो तस्वीर फेसबुकमा पोस्ट गर्दै मानिसहरुलाई घरबाहिर ननिस्किन आग्रह गर्दै लेखेको पोष्टले यतिबेला धेरैको मन छोएको छ ।

डोनक्यास्टर एण्ड बासेत्लाभ टिचिङ हस्पिटलमा कार्यरत यी नर्सले आफूले कोरोना भाइरसको महामारीले हप्तामा ६५ घण्टा काम गरेको खुलासा गर्दै उनले घरबाहिर जानेबारे सोच्दै गर्दा आफ्नो यो अनुहार सम्झिन आग्रह गरेकी छिन् ।

तस्वीरमा आफ्नो युनिफर्ममा रहेकी एमीको अनुहारमा ठूला ठूला छापहरु छन् र केही चोट समेत लागेका छन् ।

उनको अनुहार निकै थकित देखिन्छ । उनले यो तस्वीरलाई ‘वास्तविकताको तस्वीर’ भएको बताएकी छिन् ।

उनले आफूले आफ्ना परिवारले झण्डै एक महिनादेखि भेट्न नपाएको बताउँदै अरुलाई बचाउनका लागि आफ्नै ज्यान जोखिममा राखिरहेको बताएकी छिन् ।

उनले आफू अझै पनि अग्रपंक्तिमा रहेर कोरोनाभाइरससँग लडिरहने प्रतिज्ञा गरिन् । उनले भाइरसका कारण ज्यान गुमाउने बिरामीको अन्तिम समयमा उनीहरुका आफन्त साथमा हुन नपाउँदा बिरामी एक्लै छैनन् भन्ने आभास दिलाउन उनीहरुको हात समाउने गरेको बताउँदै पोष्ट गरेपछि यतिबेला उनको पोष्टले धेरैको मन छोएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ९ : ५० बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई