कोरोनाको महामारीमा पनि कश्मीरमा भारत-पाकिस्तान सेनाबीच झडप, तीनको मृत्यु | Khabarhub Khabarhub

कोरोनाको महामारीमा पनि कश्मीरमा भारत-पाकिस्तान सेनाबीच झडप, तीनको मृत्यु


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले संसार आक्रान्त र त्रस्त भइरहँदा पनि सीमावर्ती क्षेत्रमा भारत र पाकिस्तानी सेनाबीच झडप भएको छ ।

कश्मीरको कुपवाडा जिल्लाको रिहाइशी क्षेत्रमा भएको उक्त झडपमा तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

पाकिस्तानी सेनासँग एक हप्तासम्म नियन्त्रण रेखामा झडप भएपछि पाकिस्तानी सेनाले आइतबार रिहाइशी क्षेत्रमा मोटार आक्रमण गरेको भारतीय सेनाले दाबी गरेको छ ।

पाकिस्तानी सेनाले त्यसको खण्डन गर्दै सन् २००३ मा भएको युद्धविरामको भारतीय सेनाले उल्लंभन गरेको आरोप लगाएको छ ।

भारतीय सेनाका प्रवक्ता कर्णेल राजेश कालियाले जारी गरेको वक्तव्यमा पाकिस्तानले गरेको आक्रमणमा एक महिलासहित तीनजनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १० : १४ बजे

टीकापुर बहृत उद्यान : दुई दिनमा साढे पाँच लाख दस्तुर सङ्कलन

टीकापुर– टीकापुर नगरपालिका–५ स्थित कर्णाली नदीको तटमा रहेको टीकापुर बहृत

गम्भीर विवादमा मन्त्रीको सूचीका खगेन्द्र, अधिवक्ता गौतमलाई भनेका थिए, ‘ठमेलको बारवाली’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा श्रम, रोजगार तथा

पोङ्कर ताल जाने पदमार्ग निर्माण गरिँदै

मनाङ– नासोँ गाउँपालिका–६ र ७ मा पर्ने पोङ्कर ताल जाने पदमार्ग

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित

राँझा– राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका

एघार भारतीयसहित १३९ कैदीबन्दी फर्किएनन्

चितवन– जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना