कोरोना संक्रमित बढेपछि लकडाउन लम्ब्याउने तयारी, निर्णय गर्न मंगलबार मन्त्रिपरिषद् बैठक | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि लकडाउन लम्ब्याउने तयारी, निर्णय गर्न मंगलबार मन्त्रिपरिषद् बैठक


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आवश्यक सतर्कताका लागि थप निर्णय गर्न मंगलबार विहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा तीन सातादेखि जारी लकडाउन कम्तिमा एक साता लम्ब्याउने लगायतका निर्णय हुने बुझिएको छ  ।

नेपालमा दोस्रा संक्रमित देखिएपछि सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो ।

लकडाउन जारी भएयता नै नेपालमा अरु १२ जनामा कोरोनाको संक्रमण देखिएर संक्रमितको संख्या १४ पुगेपछि सरकारले अझ कडिकडाउसहितका निर्णय गर्ने बुझिएको छ ।

सातामा एक दिन सोमबार बस्दै आएको मन्त्रिपरिषद्को आज बस्ने भनिएको बैठक  विपद् व्यवस्थापन समितिको बैठकका कारण मंगलबारलाई धकेलिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ९ : ०४ बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी