कोरोना भाइरसले स्पेनमा एकैदिन ५४७ जनाको मृत्य | Khabarhub Khabarhub

कोरोना भाइरसले स्पेनमा एकैदिन ५४७ जनाको मृत्य


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ५४७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ७५६ पुगेको छ ।

स्पेनमा एकैदिन ३ हजार २६८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७० हजार ९९ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ६४ हजार ७२७ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८७ हजार ६१६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख १९ हजार ५९५ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १९ लाख २३ हजार ६५० नाघेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ६ : ०४ बजे

सहयोगका पर्खाइमा कलाकार निर्मोही

राँझा (बाँके)- तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी

यसरी गरिँदै छ पर्सामा छठ पर्वको तयारी

वीरगञ्ज (पर्सा)- पर्सा जिल्लामा आसन्न छठ पर्व नजिकिँदै गएपछि यहाँका

बहिनी यो तिहारमा म घर आउँदिन

माइतीभन्दा थोरैमात्रै टाढा रहेको आफ्नै घरमा बहिनी, दाजु कहिले घर

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति

एट्लेटिको माड्रिडको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – आर्सनलले एट्लेटिको माड्रिडमाथि सहज जित निकालेको छ। आर्सनलले