फ्रान्समा कोरोनाभाइरसले एकैदिन ५७४ जनाको मृत्यु | Khabarhub Khabarhub

फ्रान्समा कोरोनाभाइरसले एकैदिन ५७४ जनाको मृत्यु


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ५७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ९६७ पुगेको छ ।

एकै दिन ४ हजार १८८ जना संक्रमित भएको भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ७ सयभन्दा बढी पुगेको छ ।

फ्रान्समा संक्रमितमध्ये २७ हजार ७१८ जना उपचारपछि निको भएका छन् । ६ हजार ८२१ जनाको अवस्था गम्भीर रहेको छ भने ९४ हजार ९४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख १९ हजार ६ सय बढीले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १९लाख २३ हजार ७ सय बढी रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ६ : २४ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र