राहत तथा आर्थिक प्रवद्र्धन प्याकेज अध्ययन समिति गठन « Khabarhub

राहत तथा आर्थिक प्रवद्र्धन प्याकेज अध्ययन समिति गठन


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना भाइरस सङ्क्रमणको कारणले देशमा परेको आर्थिक प्रभावका सन्दर्भमा राहत र आर्थिक प्रवद्र्धनको प्याकेज घोषणा तथा वितरण प्रणालीका सम्बन्धमा सुझाव दिन एक अध्ययन समिति गठन गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा गठित समितिले कोरोनाको असर कुनकुन क्षेत्रमा कसरी पर्नेछ र कोरोना प्रभावको सन्दर्भमा आगामी आर्थिक नीति कस्तो हुनु पर्दछ भनेर विभिन्न अर्थशास्त्रीहरुको अध्ययन तथा विश्लेषणका आधारमा सरकारलाई सुझाव पेश गर्ने जनाएको छ ।

समितिमा राष्ट्रिय योजना आयोग पूर्व उपाध्यक्षहरु पृथ्वीराज लिगल, डा जगदीशचन्द्र पोखरेल, प्रा डा गोविन्दराज पोखरेल, डा स्वर्णिम वाग्ले, एवं राष्ट्रिय योजना आयोग पूर्व सदस्यद्वय प्रा डा पुष्कर बज्राचार्य र डा अरविन्द मिश्र, त्रिभुवन विश्वविद्यालय प्रा डा विजया श्रेष्ठ, प्रतिष्ठानका सदस्य डा दधि अधिकारी, नेपाल ट्रेड यूनियन कांग्रेस वरिष्ठ उपाध्यक्ष महेन्द्र यादव र भक्तपुर बहुमुखी क्याम्पसका प्रा वसन्ती आचार्य सम्मिलित छन् ।

समितिले नेपालमा कोरोना सङ्क्रमणको कारणले सबैभन्दा बढी असर परेका भौगोलक क्षेत्र तथा पीडित जनसमुदायको पहिचान तथा आगामी आर्थिक कार्यदिशाका बारेमा पनि अध्ययन गरेर सुझाव पेश गर्ने छ । यसरी प्रस्तुत गरिएको सुझाव, समितिको निर्णयानुसार समितिका सदस्यहरुको उपस्थितिमा नेपाल सरकार तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससमक्ष पेश गरिने कांग्रेसका नेतासमेत रहेका अध्यक्ष जोशीले जानकारी दिए ।

अध्ययन समितिले यही सोमबार १ गतेदेखि आफ्नो काम शुरु गरेर तीन हप्ताभित्र अध्ययन गर्नेछ । अध्ययनलाई प्रभावकारी बनाउन समितिलाई सहयोग, सल्लाह र सुझाव प्रदान गर्न सबैलाई अनुरोध गरिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको रोकथामका लागि नेपालमा लागु गरिएको लकडाउनका कारण मुलुकको आर्थिक र सामाजिकलगायत सबै क्षेत्रमा ठूलो प्रभाव परेको छ ।

कोरोना सङ्क्रमणको कारणले देशमा परेको आर्थिक प्रभावका सन्दर्भमा सरकारले असर पार्ने आर्थिक र भौगोलिक क्षेत्रको पहिचान गर्नुपर्ने, प्रत्यक्ष र अप्रत्यक्ष असर पर्ने क्षेत्रलाई राहत प्याकेजको घोषण गर्नुपर्ने र त्यस्तो घोषणा व्यावहारिक, वैज्ञानिक, र तथ्यसङ्गत हुनुपर्ने तथा कोरोना सङ्क्रमण पछिको आर्थिक नीति र प्रवद्र्धन कस्तो हुनुपर्ने छ भन्ने बारेमा अहिलेदेखि नै गृहकार्य गनुपर्ने प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ७ : १३ बजे

दसैँको रौनकबीच भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

भक्तपुर– चारैतिर दसैँको रौनक छाएको छ। बजारमा किनमेल गर्नेको भीड

विवादित अडियो प्रकरण : सांसद सुनारले रास्वपा अनुशासन आयोगलाई बुझाए लिखित जवाफ

काठमाडौँ– एक महिलासँग भएको फोन संवाद सार्वजनिक भएपछि विवादमा तानिएका

भदौमा मात्रै २ खर्ब २१ अर्ब विप्रेषण भित्रियो

काठमाडौँ  – चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा नेपालमा २

विभागले गर्यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र ‘अति उत्तम’

काठमाडौं– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

इम्युनोसप्रेसेन्ट औषधिको बिक्रीवितरणमा रोक छैन :  विभाग

काठमाडौँ – औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्रीवितरण तथा