मौसममा पश्चिमी वायूको प्रभाव, हावाहुरीसहित पानी पर्ने सम्भावना « Khabarhub

मौसममा पश्चिमी वायूको प्रभाव, हावाहुरीसहित पानी पर्ने सम्भावना


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिले नेपालमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव छ। जसका कारण मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशको पश्चिमी पहाडी भू-भाग तथा पूर्वी भुभागमा आँशिकदेखि सामान्य बदली रहनेछ । मध्य भू-भागमा हल्का बर्षा भएको छ । काठमाडौं उपत्यकामा पनि आज विहान हल्का वर्षा भएको छ ।

देशको मध्य र पुर्वका थोरै स्थान तथा पश्चिमि पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरिसहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख २ गते (मंगलबार)

दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशका केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना छ ।

राति : देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहने छ। मध्य र पश्चिमका पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना छ ।

बैशाख ३ गते (बुधबार)

दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना छ ।

राति : देशको पुर्वी भू-भाग र मध्य तथा पश्चिमका पहाडी भु-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहने छ। मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना छ ।

बैशाख ४ गते (बिहिवार)

दिउँसो : देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहने छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको मध्य र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा तथा पुर्वी भू-भागका केही स्थानमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना छ ।

राति : देशको पश्चिमी पहाडी भू-भागमा आँशिक बदली र मध्य तथा पुर्वी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको मध्य पहाडी भू-भागमा एक दुइ स्थानमा र पुर्वी भू-भागमा थोरै स्थानमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ७ : २६ बजे

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ