संक्रमित भेटिएपछि थप परीक्षणमा ताते स्थानीय तह « Khabarhub

संक्रमित भेटिएपछि थप परीक्षणमा ताते स्थानीय तह


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कोरोना भाइरसको सङ्क्रमित देखिन थालेपछि स्थानीय सरकारले विदेशबाट आएका तर हालसम्म सम्पर्कमा नआएकाहरुलाई परीक्षणमा ल्याउन लगत सङ्कलन कार्य अघि बढाएको छ ।

कैलालीको लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाले तथ्याङ्क सङ्कलन अभियान सकेका छन् भने टीकापुर नगरपालिकाले सोमबारदेखि अभियान शुरु थालेको छ । यसअघि जानकारीमा आएकालाई क्वारेन्टाइनमा राखिएकामा अब परीक्षणक लागि व्यक्तिहरु खोज्न थालिएको छ ।

लम्की चुहा नगरपालिकाले ४ सय ८४ जना विदेशबाट आएका नागरिक पत्ता लगाएको छ । जानकी गाउँपालिकामा यस्तो सङ्ख्या २ सय ३७ छ । यसरी पत्ता लगाएका व्यक्तिको सोमबारबाटै र्‍यापिड डायग्नोष्टिक टेष्ट शुरु गरिएको लम्की चुहा नपाका स्वास्थ्य प्रमुख जयन्ती बिसीले जानकारी दिए ।

‘हामीलाई पाँच सय परीक्षण किट प्राप्त भएको छ, मानिसहरु अझै लुकेको हुन सक्ने सम्भावना भएकाले जनप्रतिनिधिहरु खोज्ने अभियानमै हुनुहुन्छ,’बिसीले भने, ‘लम्कीका दुई नागरिकमा कोभिड १९ सङ्क्रमण देखिएपछि त्रास बढेको छ । हामीले सम्पर्कमा नआएका नागरिकहरु पनि खोज्न थालेका हौं ।’

धनगढी उपमहानगरपछि ठूलो जनसङ्ख्या भएको टीकापुर नगरपालिकामा खोजी अभियान शुरु भएको स्वास्थ्य प्रमुख बलबहादुर रावलले जानकारी दिए । रावलका अनुसार एक २७ टोली बनाएर स्वास्थ्यकर्मी र स्वयंसेवी गरी २ सय ५४ जना परिचालन गरिएको छ ।

परिचालन गरिएका स्वास्थ्यकर्मी र स्वयंसेवीले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्ने, साबुन पानीले हात धुन सिकाउने र साबुन वितरण गर्ने जनाइएको छ । साथै विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने तथा कोभिड १९ का लक्षण र बच्ने उपायबारे जानकारी गराइने छ ।

तीन दिनभित्र तथ्याङ्क सङ्कलन गर्ने रणनीतिअनुसार काम शुरु गरिएको संयोजक रावलले बताए।

टीकापुरमा विदेशबाट आएकाहरु ३३० जना रहेको जनाइएको छ । तथ्याङ्क सङ्कलनपछि आरडिटी विधिबाट छिटो परीक्षण गरिनेछ । यहाँ हालसम्म ६० जनाको र्‍यापिड टेष्ट र ३७ जनाको स्वाब परीक्षण भइसकेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ८ : ५२ बजे

भदौमा मात्रै २ खर्ब २१ अर्ब विप्रेषण भित्रियो

काठमाडौँ  – चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा नेपालमा २

विभागले गर्यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र ‘अति उत्तम’

काठमाडौं– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

इम्युनोसप्रेसेन्ट औषधिको बिक्रीवितरणमा रोक छैन :  विभाग

काठमाडौँ – औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्रीवितरण तथा

ग्रिन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले ग्रिन

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी राजदूत खानबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत