चीनका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री ज्ञवालीको टेलिफोन वार्ता, औषधि खरिदमा सघाउन आग्रह | Khabarhub Khabarhub

चीनका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री ज्ञवालीको टेलिफोन वार्ता, औषधि खरिदमा सघाउन आग्रह


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ ।

सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वय गर्न अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले अपनाएका उपाय तथा त्यसको द्रुत परीक्षणका लागि नेपालभर औषधि र उपकरणको व्यवस्था गर्नुपर्ने भएकाले सरकार-सरकार (जीटुजी) आधारमा औषधि, उपकरण खरिदमा सहयोग र सहजीकरणको आग्रह मन्त्री ज्ञवालीले गरेका छन् ।

अत्यावश्यक दैनिक उपभोग्य सामग्री र औषधिजन्य वस्तुहरु सहजरूपमा नेपालतर्फ आपूर्ति गर्न नेपाल–चीन सीमानाका पुनः खोल्न चीन सरकार सहमत भएकामा उनले धन्यवाद ज्ञापन गरेका छन्।

त्यस्तै चीनको वुहानबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन तथा चीनमा रहेका नेपालीको हेरविचार गरेकामा कृतज्ञता व्यक्त गर्नुका साथै चीनको केन्द्रीय सरकार, त्यहाँको प्रान्तीय सरकार, सामाजिक सङ्घ–सङ्गठन एवं परोपकारी संस्थाले नेपाललाई निरन्तर औषधि, उपकरण उपलब्ध गराएकामा त्यसको सराहना गरे ।

मन्त्री ज्ञवालीले नेपालमा रहेका चिनियाँ नागरिकको हित र हेरचाहमा पनि सरकारले ध्यान दिने बताए ।

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले तत्काल चालेको सुदृढ कदमको चिनियाँ विदेशमन्त्रीले प्रशंसा गर्दै त्यसमा आफ्नो देशको सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले सरकार–सरकार (जीटुटी)बीच औषधि, उपकरण खरिदमा सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए ।

चीनमा कोरोनाको महामारी फैलिएका बेला नेपाल सरकारले व्यक्त गरेको ऐक्यबद्धता र सहयोगका लागि चीन सरकार र आफ्नो देशका जनताका तर्फबाट धन्यवाद दिए ।

दुवै देशका विदेशमन्त्रीले विद्यमान द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउने बारेमा पनि विचारविमर्श गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ९ : ०२ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय