रोकियो सिन्दुर खेलेर मनाइने सुथः सिया जात्रा « Khabarhub

रोकियो सिन्दुर खेलेर मनाइने सुथः सिया जात्रा


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– यस वर्षको बिस्केट जात्राका लागि मध्यपुरथिमि–४ को प्रसिद्ध बालकुमारी मन्दिरमा केही दिनअघि मात्रै सुनको गजुर र छाना राखियो । भूकम्पपछि जीर्णोद्धार भइरहेको यो मन्दिरमा वैशाख २ गते हुने भव्य जात्राका लागि मन्दिरलाई तयारी गर्दै मध्यपुरथिमि नगरपालिका र स्थानीय दाताको सहयोगबाट सुनको गजुर र छाना हाल्ने काम सम्पन्न भए पनि स्थानीयवासीले जात्रा भने मनाउन पाएनन् ।

‘जात्राका लागि मन्दिरमा सुनको छाना लगाउने, गजुर हाल्ने काम सम्पन्न गर्‍यौँ तर कोभिड–१९ को महामारी फैलिन नदिन सरकारले लगाएको लकडाउन र भीडभाड हुन नदिन मध्यपुरथिमि नगरपालिकाले जात्रा रोक्ने निर्णय गर्नुपर्‍यो, आजको दिन बिहानैदेखि हजारौँको भीडमा एकापसमा सिन्दुर दलेर टोलटोलबाट देवताको खट ल्याएर भव्यरूपमा मनाइने सुथः सिया जात्रा यस वर्ष मनाउन सकेनौँ,’ नगरप्रमुख मदनसुन्दर श्रेष्ठले भने ।

मध्यपुरथिमिका बासिन्दाले हरेक वर्ष वैशाख २ गते बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा मनाउने गर्दै आएका थिए । बिहानैदेखि मध्यपुरथिमिको टोलटोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाउने परम्परा छ ।

थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्यरूपमा मनाउने परम्परा रहे पनि यस वर्ष सम्झना मात्रै भएको नगरप्रमुख श्रेष्ठको भनाइ छ । यो जात्रामा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेपछि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखेर बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा शुरु हुने परम्परा थियो ।

जात्रा शुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराउन बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाउने परम्परा यस वर्ष रोकिँदा बालकुमारी र थिमि क्षेत्र बिहानैदेखि सुनसान छ ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सुथः सिया जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौशी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने, जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एकअर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालुहरु रमाइलो गर्ने यो जात्राको तयारी भए पनि जात्रा मनाउन नपाएको वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठ बताउँछन् ।

मध्यपुरथिमिको बोडेमा आजकै दिन मनाइने विश्व प्रसिद्ध जिब्रो छेड्ने जात्रा पनि यस वर्ष नहुने भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ११ : ४९ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले