तातोपानी नाकामा जनप्रतिनिधिलाई पनि प्रतिबन्ध, २० जना चालकलाई पास | Khabarhub Khabarhub

तातोपानी नाकामा जनप्रतिनिधिलाई पनि प्रतिबन्ध, २० जना चालकलाई पास


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक –  चीनबाट अत्यावश्यकीय सामग्री आयातका लागि खुला गरिएको तातोपानी नाकामा जनप्रतिनिधलाई समेत प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

कोरोना जोखिम उच्च भएको भन्दै जनप्रतिनिधिलाई प्रतिबन्ध गरिएको उक्त नाकामा सामग्री ढुवानी गर्ने सवारीसाधनका पनि २० जना चालकलाई मात्र पास दिइने भएको छ ।

चिनियाँ अधिकारी र नेपालतर्फबाट प्रमुख जिल्ला अधिकारी सहभागी रहेको बैठकले चालकलाई मात्रै पास दिने निर्णय गरेको हो ।

सवारी पास, नाकाको सुरक्षासम्बन्धी निर्णयपछि दुवै पक्षबाट नाका सुचारु गर्ने तयारी भएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिए ।

चीनबाट नेपाल जोड्ने भोटेकोसी गाउँपालिका–२, तातोपानीस्थित मितेरी पुल पारी रहेको चिनियाँ यार्डस्थलसम्म मात्रै सवारी चालक पुग्न पाउनेछन् ।

त्यहाँ चिनियाँ सरकारी अधिकारीहरुले ‘स्प्रे’, स्वास्थ्य परीक्षण लगायतको आवश्यक व्यवस्था गरेपछि २० जना चालकको सवारी पास र यात्रा पुस्तिका बनाइनेछ।

गत बुधबार बेलुकी चीनबाट आवश्यक परीक्षण सकेर १९ बक्सा माक्स र १० बक्सा सेनिटाइजर नेपाल भित्रिएको थियो ।

कोरोना भाइरसको जोखिम उच्च भएपछि चीन र भारत दुबैतर्फका सबै १ सय ७० वटा नाका बन्द गरेको सरकारले आपूर्ती सहज बनाउन भन्दै गत चैत्र १२ गते चीनका २ वटा नाका खुला गर्ने सरकारले निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ५ : ३६ बजे

प्रधानमन्त्रीलाई माओवादीले सोध्योः डेढ महिनासम्म भत्केका कार्यालय र निवासमा सरकार किन पुगेन?

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको डेढ महिनासम्म पनि नेताको

ड्रोनबाट यस्तो देखियो झिलिमिली काठमाडौं उपत्यका (तस्बिरहरू)

काठमाडौं – हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो

नयाँदिल्ली- लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी

जेन-जी र दलहरूलाई एकसाथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेन-जीसँगै बैठकमा सहभागी हुन नयाँ

जेनजीसँग छलफल गर्न तयार छौं: पम्फा भुसाल

काठमाडौं – नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले प्रधानमन्त्री सुशिला