र्‍यापिड टेष्टमा काभ्रे र धादिङका थप ३ जनामा कोरोना पोजेटिभ « Khabarhub

र्‍यापिड टेष्टमा काभ्रे र धादिङका थप ३ जनामा कोरोना पोजेटिभ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – र्‍यापिड टेष्टमा मंगलबार काभ्रे र धादिङका ३ जना युवामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका तीनै जना युवा विदेशबाट नेपाल फर्किएका हुन् । पोजेटिभ देखिएका दुई जना काभ्रेका हुन् भने एक जना धादिङका हुन् ।

काभ्रेको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक/एक जनामा र्‍यापिड डाइग्नोस्टिक परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको हो ।

बेथान्चौक गाउँपालिका वडा नम्वर ५ का २८ बर्षीय युवा चैत्र ९ गते भारतबाट नेपाल आएका थिए भने मण्डन देउपुर नगरपालिका वडा नम्वर ३ नयाँ गाउँका २३ बर्षीय युवा चैत्र ९ गते दुबईबाट स्वदेश फर्किएका थिए । किटमा पोजेटिभ देखिएपछि उनीहरु दुवैलाई धुलिखेल अस्पतालमा भर्ना गरेर पीसीआर विधिबाट स्वाब परीक्षण थालिएको छ।

यस्तै धादिङको ज्वालामुखी गाउँपालिकामा भएको र्‍यापिड टेष्टमा पनि एक जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमण देखिएका युवा  दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका थिए ।

उनलाई होम क्वारेन्टिनमा राखिएको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाले आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएका २७ वर्षीय युवालाई काठमाडौं पठाउने तयारी भइरहेको स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानाकारी दिए ।

भारत र तेस्रो मुलुकबाट आउनेहरुलाई सबै गाउँपालिकामा र्‍यापिड टेस्ट किटमार्फत परीक्षण शुरु गरेको छ । मंगलवार मात्र ज्वालामुखी गाउँपालिकामा ३५ जनाको र्‍यापिड किटबाट परीक्षण गरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ६ : २२ बजे

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको

पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल

१५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु

काठमाडौं – काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति

नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन,