एम्बुलेन्स चालक बेपत्ता भएपछि आफैं मोटरसाइकल चलाएर आइसोलेसन पुगे कोरोना ‘संक्रमित’ युवक | Khabarhub Khabarhub

एम्बुलेन्स चालक बेपत्ता भएपछि आफैं मोटरसाइकल चलाएर आइसोलेसन पुगे कोरोना ‘संक्रमित’ युवक


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– र्‍यापिट डाइग्नोस्टिक टेस्ट किट (आरडीटी)बाट गरिएको परीक्षणमा एन्टिबडी पोजेटिभ (कोरोना संक्रमणको संकेत) देखिएका धादिङका युवक आफैं मोटरसाइकल चलाएर अस्थायी आइसोलेसनमा पुगेका छन् ।

कोरोना संक्रमणको संकेत देखिएका व्यक्तिलाई बोक्ने एम्बुलेन्स फेला नपरेपछि गाउँपालिकासँगको समन्वयमा युवक आफैं मोटरसाइकल चलाएर आइसोलेसनमा पुगेका हुन् ।

आरडीटी परीक्षणका क्रममा मंगलबार धादिङको ज्वालामुखी गाउँपालिकाका युवकमा एन्टिबडी पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई आइसोलेसनमा ल्याउन गाउँपालिकाले एम्बुलेन्सको व्यवस्थापन गर्न शुरु गरेको थियो ।

तर, गाउँपालिकामा रहेको एम्बुलेन्सका चालक कोरोना संक्रमितलाई बोक्नुपर्ने भन्दै बेपत्ता भए । पछि गाउँपालिकाले नै संक्रमणको संकेत देखिएका युवालाई मोटरसाइकल उपलब्ध गराएको थियो ।

उनी गाउँपालिकाले नै उपलब्ध गराएको मोटरसाइकल चलाएर धादिङ बेशीमा रहेको कृषि ज्ञान केन्द्रमा बनाइएको अस्थायी आइसोलेसनमा आइपुगेका हुन् ।

ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोद तिमल्सिनाले एम्बुलेन्स नपाएपछि युवकलाई बाइक उपलब्ध गराएर मंगलबार राती १० बजे धादिङबेसीको आइसोलेसनमा पुर्‍याइएको बताए ।

‘एम्बुलेन्स नपाएपछि हामीले बाइक उपलब्ध गरायौं, उहाँ आफैं बाइक चलाएर हिजो राती १० बजे तिर आइसोलेसनमा पुग्नुभयो,’ गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले खबरहबसँग भने ।

अध्यक्ष तिमिल्सिनाका अनुसार कोरोना संक्रमणको संकेत देखिएका युवक भाग्न सक्ने भन्दै उनको निगरानीका लागि जनप्रतिनिधि पनि अर्को मोटरसाइकलमा उनको पछिपछि आएका थिए ।

गाउँपालिकाका अध्यक्ष तिमल्सिनाका आरडीटी परीक्षणबाट एन्टिबडी पोजेटिभ आएपछि ती युवाको पीसीआर विधिबाट परीक्षण गर्न थ्रोट स्वाब संकलन गरिएको छ । संकलति स्वाबको नमूना परीक्षणका लागि बागमती प्रदेशको प्रयोगशाला हेटौंडामा पठाइएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

र्‍यापिड टेस्टका क्रममा युवामा कोरोना पोजेटिभ देखिए पनि उनमा कोरोनाको कुनै लक्षण भने नदेखिएको अध्यक्ष तिमल्सिनाको भनाइ छ ।

‘युवकले आफैं बाइक चलाएर आइसालेसनमा पुगे, मलाई केही लक्षण छैन, म स्वस्थ छु भनेका छन् । मलाई कसरी कोरोना देखियो थाहा छैन तर मसँग कोरोनासँग लड्ने क्षमता छ, म आवश्यक पर्ने केयर पनि आफुलाई गर्छु भनेका छन्,’ गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले खबरहबसँग भने ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १ : ४० बजे

धनुषा प्रहरीको हिरासतबाट ८ जना थुनुवा फरार

जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार

ह्यारिसको चुनाव जित्ने आधार बन्दै आप्रवासी मुद्दा र सद्भाव

न्युयोर्क – एनबिसी न्युजले जुलाई महिनामा गरेको सर्वेक्षणमा पूर्व राष्ट्रपति

ओली र मोदीबीच तीनवटा मुद्दामा कुराकानी

काठमाडौं– संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन पुगेका प्रधानमन्त्री केपी

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

म्याग्दी– नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा

स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार छैटौँ जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले लगातार छैटौँ जित