स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि स्वास्थ्य परीक्षण गरिने « Khabarhub

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि स्वास्थ्य परीक्षण गरिने


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि परीक्षण गर्ने भएको छ ।

आज मन्त्रालयले सूचना जारी गरी कोभिड– १९ को उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि र्‍यापिड डाइनोष्टिक टेष्ट (आरडिटी)बाट परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

यस्तै चैत महिनाभित्र विदेशबाट आएका सबैको आरडिटीबाट कोभिड– १९ को समेत परीक्षण गरिने भएको छ । मन्त्रालयले १४ दिनभन्दा बढी क्वारेन्टाइनमा बसेका सबैको पनि परीक्षण गर्ने सूचनामा जनाएको छ ।

नेपाल कोभिड– १९ को जोखिममा रहेको भन्दै गत चैत ११ गतेबाट बन्दाबन्दी गरिएको छ । अहिलेसम्म नेपालमा १६ जनामा कोभिड– १९ सङ्क्रमण देखिएको छ । नेपाल कोभिड– १९ को दोस्रो चरणमा प्रवेश गरेको छ । सम्भावित सङ्क्रमण बढ्न नदिन सरकारले यही वैशाख १५ गतेसम्म लकडाउन कायम राखेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ८ : ०५ बजे

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता

चितवन– चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ जना अझै

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

झापा– पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा

ट्रम्पको ‘शान्ति योजना’ सार्वजनिक भएकै समय गाजामा इजरायली आक्रमण: १९ जनाको मृत्यु

गाजा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको शान्ति र सुरक्षाका लागि

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही