भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि « Khabarhub

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’ को उपाधि आयोजक भद्रपुर नगर हक्की सङ्घको टिमले जितेको छ । पुहाँतु जनज्योति माविको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा भारतको आरके रोय अफ हक्की एकाडेमी भारतलाई ४–२ गोल अन्तरले अन्तरले पराजित गर्दै भद्रपुरले उपाधि जितेको हो ।

उपाधिसँगै भद्रपुर नगर हक्की सङ्घले रु दुई लाख नगद, सिल्ड तथा मेडल प्राप्त गरेको छ भने उपविजेता भारतको आरके रोय अफ हक्की सङ्घलाई रु एक लाख नगदसहित सिल्ड तथा मेडल प्रदान गरिएको छ । प्रतियोगितामा भारतको वैशाली हक्की टिमले तेस्रो स्थान हासिल गर्दै नगद रु ५० हजारसहित सिल्ड प्राप्त गरेको छ ।

विजेता भद्रपुरले सेमिफाइनलमा वैशाली भारतलाई पराजित गरेको थियो भने उपविजेता आरके रोयले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रायोजक भद्रपुर–८ स्थित ओमसाई पाथिभरा हस्पिटल रहेको थियो ।

विधागततर्फ फाइनल खेलको प्लेयर अफ द म्याच विजेता टिम भद्रपुरका रतन विनोदले र उच्च गोलकर्ताको पुरस्कार विजेता टोली भद्रपुरका सुदीप चौधरीले प्राप्त गरेका छन् ।

उत्कृष्ट गोलकिपर भद्रपुरकै विष्णु घिमिरे र उत्कृष्ट डिफेन्डरको पुरस्कार उपविजेता टिम आरके रोयका मोहम्मद सिद्धिकीले पाएका छन् । फेयर प्ले टिमको पुरस्कार पोखराको टिमले जित्दै नगद रु १५ हजारसहित ट्रफी प्राप्त गरेको छ ।

विजेता टोलीलाई भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की लगायतले पुरस्कार वितरण गरेका छन् । भद्रपुर नगर हक्की सङ्घको आयोजनामा शुक्रबार सुरु भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले गरेका थिए ।

प्रतियोगितामा भारतका तीन, विभागीयसहित नेपालका छ र आयोजक एक गरी १० टिमको सहभागितामा थियो । खेल लिग कम नकआउट विधिमा खेलाइएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  १० : २८ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर