पोखरामा अलपत्र २४ पर्यटकलाई काठमाडौं पठाइयो « Khabarhub

पोखरामा अलपत्र २४ पर्यटकलाई काठमाडौं पठाइयो


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण रोक्न सरकारले आह्वान गरेको लकडाउनले आफ्नो देश फर्किन नपाएका २४ जना पर्यटकलाई आज स्थलमार्गबाट काठमाडौँ पठाइएको छ ।

नेपालस्थित विभिन्न मुलुकका दूतावासको अनुरोधमा गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयलाई लकडाउनबाट अलपत्र पर्यटकलाई उद्धार गरी पठाउन निर्देशन भएबमोजिम ती पर्यटकलाई काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।

उद्धार गरिएका पर्यटकमा फ्रान्सेली १०, बेलायतका सात, अमेरिकी र चिनियाँ दुई/दुई तथा ट्रकी, स्वीडेन र इटालीका एक/एक जना छन् । उनीहरुलाई लेकसाइडस्थित बाराहीघाटमा जम्मा गरेर पठाइएको थियो ।

जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर पर्यटक बसमार्फत उनीहरुलाई राजधानी काठमाडौँ पठाइएको पर्यटक प्रहरी कार्यालय बैदामका प्रमुख गणेश खनालले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी कार्यालय तथा पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले अलपत्र पर्यटकको उद्धारमा समन्वय गरेका थिए ।

फ्रान्सले शुक्रबार विशेष चार्टर्ड विमानमार्फत नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश लैजाने तयारी गरिएको बताइन्छ ।

लकडाउन आदेश जारी भएपछि हालसम्म पोखराबाट ८६८ अलपत्र पर्यटकको उद्धार गरिसकिएको पर्यटक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ९ : १५ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट