अमेरिकामा चरणबद्ध रुपमा राज्यहरू पुन: खोल्ने ट्रम्पको योजना « Khabarhub

अमेरिकामा चरणबद्ध रुपमा राज्यहरू पुन: खोल्ने ट्रम्पको योजना


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- कोभिड-१९ अमेरिकाभर फैलिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले राज्यमा लगाइएका प्रतिबन्धहरू आउँदा महिनाहरूमा हटाउने विषयमा गभर्नरहरूलाई निर्देशन दिएका छन् ।

उनले प्रतिबन्ध हटाउने प्रक्रिया तीन चरणमा हुने र केही राज्यहरूमा त्यो प्रक्रिया छिट्टै सुरु हुने समेत बताए ।

ह्वाइट हाउसमा भएको नियमित पत्रकार सम्मेलनका क्रममा उनले गभर्नरहरूलाई आवश्यकता अनुसार आ-आफ्नो राज्यमा कदमहरू चाल्न अनुमति दिइने बताएका हुन् ।

यसअघि ट्रम्पले मे पहिलो तारिख वा गभर्नरले चाहे त्योभन्दा पहिला नै आफ्ना राज्यहरूमा प्रतिबन्ध हटाउन सक्ने बताएका थिए।
ट्रम्पले सङ्घीय सरकारको सहायतामा गभर्नरहरूले सबै प्रक्रियाको व्यवस्थापन आफैँ गर्ने पनि बताए ।

अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसबाट ६ लाख ६७ हजार भन्दा बढि सङ्क्रमित भइसकेका छन् भने ३२ हजार ९ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।

ट्रम्पले केही राज्यहरू यही महिना खुल्नसक्ने पनि बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ११ : २३ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान