कोरोना संक्रमणः म्यान्मारमा २५ हजार कैदी मुक्त गरिने « Khabarhub

कोरोना संक्रमणः म्यान्मारमा २५ हजार कैदी मुक्त गरिने


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

याङ्गुन– म्यान्मारका कारागारमा रहेका कूल कैदीबन्दीमध्ये झण्डै एक तिहाईलाई मुक्त गर्न लागिएको म्यान्मारको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ । कोरोनाभाइरसको संक्रमणबाट कारागारमा स्वास्थ्य संकट उत्पन्न हुन सक्ने भन्दै उक्त निर्णय गरिएको हो ।

म्यान्मारमा कारागारको क्षमताभन्दा ठूलो संख्यामा कैन्दीबन्दी थुनामा रहेका छन् । सामान्यतया अप्रिलको नयाँ वर्षका अवसरमा म्यान्मारमा ठूलो संख्यामा कैदीबन्दीको बाँकी कैद मिनाहा गरी रिहा गर्ने प्रचलन छ । तर, यसपटक कोरोनाभाइरसका कारण अहिलेसम्मकै ठूलो संख्यालाई एकैपटक मुक्त गर्न लागिएको हो ।

जेलभित्र कोरोना संक्रमण फैलन सक्ने भन्दै संयुक्तराज्य अमेरिका, युरोपका केही मुलुक, कोलम्बिया समेतका धेरै मुलुकले बन्दीहरुलाई रिहा गरिरहेका छन् ।

म्यान्मारको सरकारी विवरणमा हालसम्म कोविड–१९ बाट ८५ जनामा कोराना संक्रमण देखिएको र ४ जनाको मृत्यु भएको उल्लेख छ । तर स्वास्थ्य परीक्षणको अवस्था नाजूक रहेकाले योभन्दा बढी संख्यामा मानिसहरु कोरोनाभाइरसबाट संक्रमित रहेको विज्ञहरुको दाबी छ ।

कोरोना संक्रमण फैलिन नदिन हाल देशव्यापी लकडाउन जारी छ र ह्युमन राइट्स वाच (एचआरडब्लु) ले निकै भिड देखिने म्यान्मारका कारागारमा थुनिएका कैदीबन्दीलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।

म्यान्मारको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा नयाँ वर्षको अवसरमा राष्ट्रपतिले विभिन्न जेलमा रहेका २४ हजार ८९६ जनालाई रिहा गर्न आदेश दिइएको उल्लेख छ । विज्ञप्तिमा आममाफी पाएका ८७ जना विदेशी नागरिकलाई उनीहरुकै देश फिर्ता गरिने जनाइएको छ ।

कैदीबन्दीको रिहाई तत्कालै शुरु हुने कारागार विभागका एक जना वरिष्ट अधिकारीले एएफपीलाई बताए । म्यान्मारका जेलमा हाल झण्डै एक लाख कैदीबन्दी छन् । एचआरडब्लुका अनुसार म्यान्मारका जेलको क्षमता करिब ६२ हजार मात्र छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ५ : ११ बजे

पोखरा महानगरका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

भैरहवा– रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

साढे पाँच वर्षपछि नागढुंगा सुरुङमार्ग खुल्दै, ७ मिनेटमै धादिङ-काठमाडौँ यात्रा

काठमाडौँ – सरकारले आधा दशक लगाएर बनाएको सिस्नेखोला–नागढुङ्गा (२.६८८किलोमिटर) सुरुङमार्ग

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउन पत्राचार

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरस्थित प्राकृतिक तातोपानी कुण्ड ओझेलमा परेको