कोशी अस्पतालले गरेको पीसीआर परीक्षणमा ८ जनाको 'रिपोर्ट' कोरोना पोजेटिभ | Khabarhub Khabarhub

कोशी अस्पतालले गरेको पीसीआर परीक्षणमा ८ जनाको ‘रिपोर्ट’ कोरोना पोजेटिभ


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रदेश एकको कोशी अस्पतालमा गरिएको कोरोनाभाइरस प्रयोगशाला परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिव्यराज कट्टेलका अनुसार कोशी अस्पतालमा पीसीआरबाट गरिएको परीक्षणमा ८ जनामा कोरोनाभाइरसको  संक्रमण देखिएको हो ।

कोशी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिए पनि थप पुष्टिका लागि उनीहरुको स्बाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

कोशी अस्पतालको परीक्षणमा कोरोना पोजेटिभ देखिएका आठै जना उदयपुरको मस्जिदमा लुकेर बसेका थिए । मस्जिदमा लुकेर बसेका उनीहरुलाई नियन्त्रणमा लिएर कोरोना परीक्षण गरिएको हो।

हाल उनीहरु आठैजनालाई कोशी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

अस्पतालले हालसम्म दुई सयभन्दा बढीको पीसीर प्रविधिबाट परीक्षण गरेकोमा ८ जनामा पोजेटिभ देखिएको  जनाएको छ । त्यस्तै र्‍यापीड टेस्टमा पोजेटिभ देखिएका एक जनाको पीसीआर परीक्षणमा भने नेगेटिभ देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ६ : ४६ बजे

इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप प्रत्यारोप

तेल अभिभ– हमासका लडाकुहरूले आफ्नो सेनाविरुद्ध आक्रमण गरेको र जवाफमा

काठमाडौंमा सुरू भयो मापसे चेकजाँच (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ को जेनजी आन्दोलनको केही

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ– मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ – मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको