अस्ट्रेलियामा पढ्ने विद्यार्थीका लागि शेष घलेको कलेजले छुट्यायो १० लाख डलर « Khabarhub

अस्ट्रेलियामा पढ्ने विद्यार्थीका लागि शेष घलेको कलेजले छुट्यायो १० लाख डलर


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलियाका अर्बपति शेष घलेले संचालन गरेको मेलवर्न इन्ष्टिच्युट अफ टेक्नोलोजीले कोरोना भाइरसका कारण आर्थिक संकट भोगिरहेका आफ्ना विद्यार्थीलाई सहायता दिने १० लाख डलरको कोष स्थापना गरेको छ ।

कोरोना भाईरसका कारण दैनिक गुजारा चलाउन र पढ्नका लागि आर्थिक संकट भोगिरहेका आफ्नो विद्यार्थीका लागि सहयोग गर्न कोष स्थापना गरिएको इन्ष्टिच्युटले जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै एमआइटीले भनेको छ, हाम्रा केही विद्यार्थीले जागिर गुमाएका छन्, घर फर्कन पनि सकेका छैनन् र उनीहरुलाई अष्ट्रेलियामा गुजारा चलाउन पनि धौ धौ परिरहेको छ । यस्तो अवस्थामा हाम्रा विद्यार्थीको सुरक्षा हाम्रो उच्च प्राथमिकतामा पर्दछ । र यो दुखको घडीमा हामी सकेको सहयोग गर्दछौ ।’

दश लाख डलर कोषबाट एक जना विद्यार्थीले एक पटकका लागि बढीमा ५ सय डलरसम्म सहायता रकम पाउनेछन् । यो रकम फिर्ता गर्न पर्नेछैन ।

सहायता रकम पाउनका लागि भने सन् २०२० मा पहिलो ट्राइमेष्टरमा भर्ना भएको हुनुपर्ने जनाइएको छ । यो कोषबाट एमआइटीका सिड्नी र मेलवर्न क्याम्पसमा पढ्ने योग्यता पुगेका विद्यार्थीले राहत पाउनेछन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ६ : ०३ बजे

रास्वपा महाधिवेशनमा रमेश प्रसाईंले नचाए सांसददेखि मन्त्रीलाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा राजनीतिक गतिविधिसँगै

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश

रास्वपा महाधिवेशन लम्बिँदा शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँसेर स्थगित गरिएको छ

टिकटकसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न ‘कन्टेन्ट क्रिएशन’ कार्यशाला सञ्चालन

काठमाडौं– टिकटकले पर्यटन बोर्डसँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर,