चीनविरुद्ध रोकिएन ट्रम्पको आक्रोश, मृतकको संख्या चीनमा नै बढी भएको दावी « Khabarhub

चीनविरुद्ध रोकिएन ट्रम्पको आक्रोश, मृतकको संख्या चीनमा नै बढी भएको दावी


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्धको आक्रोश कायमै राखेका छन् ।

उनले शनिबार पनि पुनः एकपटक कोरोना भाइरसले अमेरिकामा भन्दा चीनमा नै धेरै मानिसको मृत्यु भएको दावी गरेका छन् ।

ह्वाइट हाउसमा भएको कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङमा ट्रम्पले कोरोनाबाट मृत्यु हुने दर युरोपमा भन्दा पनि कम रहेको बताए । युरोपको जर्मनी मात्रै अपवाद रहेको उनको भनाई छ ।

‘बेलायत, स्वीट्जरल्याण्ड, बेल्जियम तथा फ्रान्सको तुलनामा अमेरिकामा कोरोना भाइरसका कारण भएको मृत्युदर कम छ,’ ट्रम्पले भने, ‘स्पेनको मृत्युदर अमेरिकाको भन्दा चार गुणा बढी छ ।’

कोरोना भाइरसबाट भएको मृत्युमा अमेरिका पहिलो नम्बरमा नभइ चीननै अघि रहेको उनले बताए ।

चीनले कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या लुकाएको निरन्तर आरोप लागिरहँदा ट्रम्पले पनि पटक/पटक चीनमा मृतकको संख्या अहिले सार्वजनिक गरिएको भन्दा धेरै भएको दावी गर्दै आएका छन् ।

गएको शुक्रबार महामारीको उद्गम थलो चीनको वुहानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सच्याइएपछि ट्रम्पले गरेको दावी सत्यनजिक रहेको टिप्पणी समेत हुँदै आएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : ०६ बजे

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर