कोरोना संक्रमित १०७ बर्षीया बृद्धा जसले पाइन् ‘नयाँ जीवन’ « Khabarhub

कोरोना संक्रमित १०७ बर्षीया बृद्धा जसले पाइन् ‘नयाँ जीवन’


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना संक्रमित नेदरल्याण्डमा १०७ वर्षीया बृद्धाले नयाँ जीवन पाएकी छन् ।

चर्चमा सहभागी हुनेक्रममा कर्नेलिया नाम गरेकी ती बृद्धालाई  स्वास्थ्यमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो ।

सो क्रममा उनलाई गत मार्च ६ तारिख कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । लगातारको अस्पताल बसाईपछि उनमा कोरोना भाइरस निको भएको नेदरल्याण्डका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

डच पत्रिका एडीलेका अनुसार दक्षिणपूर्वी टापूमा कर्नेलियालाई राखिएको नर्सिङ होममा अरु ४० जना संक्रमितको उपचार भइरहेकोमा १२ जनाको मृत्यु भएको छ ।

१०७ वर्षको उमेरमा पनि कोरोना संक्रमणलाई जित्ने उनी संसारकै सबै भन्दाबढी उमेरको व्यक्ति भएको दावी समेत गरिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १२ : ५० बजे

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६