भारतका ३० प्रतिशत कोरोना संक्रमित तबलिगी जमातसँग सम्बन्धित : भारतीय स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

भारतका ३० प्रतिशत कोरोना संक्रमित तबलिगी जमातसँग सम्बन्धित : भारतीय स्वास्थ्य मन्त्रालय


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय स्वास्थ्य मन्त्रालयले १४ हजार ३७८ जना कोरोनाभाइरस संक्रमितमध्ये चार हजार २९१ संक्रमित दिल्लीको निजामुद्दीन क्षेत्रमा सञ्चालित मर्कज समारोहसँग सम्बन्धित रहेको जनाएको छ ।

गत मार्च महिनामा भारतको राजधानी नयाँ दिल्लीमा आयोजित मर्कज समारोहमा करिब दुईहजार जना सहभागी थिए ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पत्रकार सम्मेलनको क्रममा संघ मातहातको क्षेत्रसँगै २३ राज्यमा फैलिएका मर्कजका सहभागीमा कोरोना संक्रमणको पुष्टि भएको जनाएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भारतमा देखिएको संक्रमणमध्ये कुल ३० प्रतिशत संक्रमण दिल्लीको निजामुदिन मार्कजमा आयोजित तबलिगी जमात समारोहसँग सम्बन्धित रहेको मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका अधिकारी लभ अग्रवाललाई उदृत गर्दै नवभारत टाइम्सले जनाए अनुसार भारतमा संक्रमणको उच्च जोखिममा रहेको राज्यहरुमा मर्कजबाट फिर्ता भएकाको कारण संक्रमण तिब्र रुपमा फैलिएको हो ।

मन्त्रालयका अनुसार भारतमा कुल संक्रमित १४ हजार ३७८ को २९.८ प्रतिशत चार हजार २९१ जना तब्लिगि जमात समारोहमा सहभागी भएकासँग सम्बन्धित छन् ।

थोरै मात्रै संक्रमित फेला परेको राज्यमा समेत मर्कज समारोहमा सहभागीहरुबाट संक्रमण फैलिएको भारतीय अधिकारीले दाबी गरेका छन् ।
भारतको अरुणाञ्चल प्रदेशमा एकजना मात्रै संक्रमित फेला परेका छन् ।

संक्रमित मर्कजबाट फर्केका सहभागी हुन् । असाममा ३५ जनामा संक्रमणको पुष्टि भएकोमा ३२ जना मर्कजबाट फर्केका हुन् । भारतीय द्वीप अन्डोमान र निकोबारमा १२ जनामा संक्रमणको पुष्टि भएको छ । दश जना मर्कजबाट फर्केकोमा संक्रमणको पुष्टि भएको छ ।

भारतमा शनिबार पछिल्लो २४ घण्टामा ९९१ जना नयाँ संक्रमित थपिएका छन् । ४३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये एक हजार ९९२ जना निको भएर घर फर्केका छन् ।

भारतमा कोरोनाभाइरस संक्रमितमा मृत्युदर ३.३ प्रतिशत छ । १४ प्रतिशत मृत्यु ४५ वर्ष उमेर समूहमा देखापरेको छ । १०.३ प्रतिशत मृत्यु ४५ देखि ६० वर्षको उमेर समूहमा देखापरेको छ । ६० देखि ७५ वर्षको उमेर समूहमा मृत्युदर ३३.१ प्रतिशत र ७५ वर्षमाथिको उमेर समूहमा ४२.४ प्रतिशत मृत्युदर रहेको मन्त्रालयले जनाएको छ ।

मर्कज समारोहका सहभागीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि संघीय तथा राज्य सरकारले सहभागीसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्न सुरु गरेको थियो ।

भारतमा मार्च अन्तिम साता लकडाउन गरिनु अघि मर्कजका दर्जनौं सहभागी विभिन्न स्थानमा छरिएका थिए । मर्कजबाट फिर्ता भएका सहभागी परीक्षण बिना घर फर्किदा संक्रमण तिब्ररुपमा फैलिएको भारतीय सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।

दिल्लीस्थित निजामुद्दीन क्षेत्रमा जम्मा भएका दुई हजारमध्ये करिब पाँचसय सहभागीमा संक्रमणको पुष्टि भएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १ : ४२ बजे

महिला टी-२० विश्वकप : इङल्याण्डको लगातार तेस्रो जित

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत इङल्याण्डले स्कटल्याण्डलाई पराजित

चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते

जिनान – पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार

डेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ

डडेल्धुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८

हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिको मृत्यु, ४० घाइते

खार्तूम – दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी

तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या

तनहुँ । तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको