जनताको दु:खमा सरकार मौन : कांग्रेस « Khabarhub

जनताको दु:खमा सरकार मौन : कांग्रेस


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लकडाउनको समयमा जनताले भोगिरहेको समस्या र दुखमा सरकार मौन बसेको आरोप लगाएका छन् ।

आइतबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै नेता बानियाँले कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि राज्यले चालेको कदम उपयुक्त भएपनि जनताको दुःखमा राज्य मौन बसेको बताए । उनले जनताले पाएको पीडाको व्यवस्थाप गर्नु सरकारको दायित्व भएको बताए ।

उनले बहुमतमा रहेको सरकार विपदको समय असफल देखिएको बताए ।

‘बलियो बहुमत रहेको नेकपा नेतृत्वको संघीय, प्रदेश र स्थानीय सरकार विपद्को समयमा काम गर्न असफल रहे। जनता लकडाउनको अवधिमा हप्तौं लगाएर घर हिँडेर गइरहेका छन्। तर, सरकार यस्ता विषयमा जानकारी नभएको जसरी प्रस्तुत भइरहेको छ,’ उनले भने।

उनले लकडाउनको अवधिमा हिँडेर घर गएकाहरुलाई विभिन्न संघसंस्था तथा क्लबलहरुले दिएको खाजाले मात्र नपुग्ने भन्दै तत्काल यस विषयमा गम्भीर हुन आग्रह गरे। ‘प्रदेश सरकार निदाएको छ। स्थानीय सरकार राहतको राजनीति गरेरै बसिरहेको छ। संघीय सरकारलाई जनताले पाएको दुःखबारे थाहा नै नभएको जसरी प्रस्तुत भइरहेको छ,’ उनले भने।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ३ : ४१ बजे

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित