जनताको दु:खमा सरकार मौन : कांग्रेस | Khabarhub Khabarhub

जनताको दु:खमा सरकार मौन : कांग्रेस


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लकडाउनको समयमा जनताले भोगिरहेको समस्या र दुखमा सरकार मौन बसेको आरोप लगाएका छन् ।

आइतबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै नेता बानियाँले कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि राज्यले चालेको कदम उपयुक्त भएपनि जनताको दुःखमा राज्य मौन बसेको बताए । उनले जनताले पाएको पीडाको व्यवस्थाप गर्नु सरकारको दायित्व भएको बताए ।

उनले बहुमतमा रहेको सरकार विपदको समय असफल देखिएको बताए ।

‘बलियो बहुमत रहेको नेकपा नेतृत्वको संघीय, प्रदेश र स्थानीय सरकार विपद्को समयमा काम गर्न असफल रहे। जनता लकडाउनको अवधिमा हप्तौं लगाएर घर हिँडेर गइरहेका छन्। तर, सरकार यस्ता विषयमा जानकारी नभएको जसरी प्रस्तुत भइरहेको छ,’ उनले भने।

उनले लकडाउनको अवधिमा हिँडेर घर गएकाहरुलाई विभिन्न संघसंस्था तथा क्लबलहरुले दिएको खाजाले मात्र नपुग्ने भन्दै तत्काल यस विषयमा गम्भीर हुन आग्रह गरे। ‘प्रदेश सरकार निदाएको छ। स्थानीय सरकार राहतको राजनीति गरेरै बसिरहेको छ। संघीय सरकारलाई जनताले पाएको दुःखबारे थाहा नै नभएको जसरी प्रस्तुत भइरहेको छ,’ उनले भने।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ३ : ४१ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय