क्यानडामा बन्धुकधारीबाट अन्धाधुन्ध गोली प्रहार, १३ जनाको मृत्यु « Khabarhub

क्यानडामा बन्धुकधारीबाट अन्धाधुन्ध गोली प्रहार, १३ जनाको मृत्यु


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  क्यानडामा बन्धुकारीको अन्धाधुन्ध गोली प्रहारबाट १३ जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार शनिबार राति क्यानडाको नोभास्कोसा प्रान्तमा भएको उक्त गोलीकाण्डका आक्रमणकारी पनि मारिएको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

५१ वर्षका गाब्रिएल वर्टम्यान नाम गरेका व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ । पोर्तापिक्यूका धेरै स्थानमा गोली चलाएपछि आक्रमणकारीको पनि मृत्यु भएको छ ।

प्रहरीको जस्तै बर्दी लगाएको बन्दुकधारीले चलाएको गोली लागेर रोयल क्यानडियन प्रहरीकी भेट्रान २३ वर्षीया होइदी स्टेभेन्सनको पनि मृत्यु भएको छ भने अर्का एक जना प्रहरी घाइते भएका छन् ।

क्यानडियन प्रहरीकाअनुसार पछिल्लो ३० वर्षमा क्यानडामा भएको यो सबैभन्दा खराब गोलीकाण्ड हो ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : ५२ बजे

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका