कोरोना नदेखिएपछि पैसा छरेर भाग्ने दुई महिलालाई छाडियो « Khabarhub

कोरोना नदेखिएपछि पैसा छरेर भाग्ने दुई महिलालाई छाडियो


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि जनकपुरमा पैसा छरेको आरोपमा पक्राउ परेका दुई महिलालाई प्रहरीले छाडेको छ ।

शुक्रबार जनकपुरको महावीर चोकमा खुद्रा पैसा छरेपछि  शनिबार उनीहरु पक्राउ परेका थिए। 

पीसीआर परीक्षणमा कोरोना भाइरस नेगेटिभ भएको पुष्टि भएपछि उनीहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

शुक्रबार उनीहरुले जनकपुरको महावीर चोकमा पैसा छरेको सीसीटिभि फुटेजको आधारमा उनीहरुलाइ पक्राउ गरिएको थियो ।

नातामा भाउजु र नन्द पर्ने दुई मुस्लिम महिलाले पैसा छरेको र र्यापिड टेष्टमा समेत नतिजा पोजेटिभ आएपछि स्थानीय त्रसित बनेका थिए ।

तर पीसीआर परीक्षणमा कोरोना नदेखिएपछि उनीहरुलाई छोडिएको छ । 

बैंकबाट पैसा साटेर महावीर चोक पुग्दा प्रहरीलाई देखेर आत्तिएर दौडिन थालेको उनीहरुले प्रहरीलाई बताएका थिए। त्यही क्रममा चानचुन पैसा खसेको उनीहरुले प्रहरीलाई बयान दिएका छन्।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ७ : ०२ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा