कोरोना संक्रमणबाट नेदरल्याण्डमा नेपाली महिलाको मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट नेदरल्याण्डमा नेपाली महिलाको मृत्यु


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको छ । नेपालमा कोरोनाका कारण अहिलेसम्म कसैले ज्यान गुमाउनु परेको छैन तर विदेशी भुमिमा भने धेरै नेपालीले ज्यान गुमाएका छन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ रातढुंगा घर भई नेदरल्याण्डमा बस्दै आएकी महिलाको संक्रमणका कारण ज्यान गएको छ ।

नेदरल्याण्ड बस्दै आएकी  ३९ वर्षीया लक्ष्मी भट्टचनको कोरोना संक्रमणबाट ज्यान गएको छ।

चिकित्सकको सल्लाह अनुसार भट्टचन एक महिनादेखि ‘होम क्वारेन्टाइन’मै बस्दै आएकी थिइन्‌।

तर संक्रमणले च्यापेपछि उनलाई अस्पताल लगिएकोमा उपचारकै क्रममा ज्यान गएको मोना आइसीका वरिष्ठ उपाध्यक्ष भीम पूर्जाले जानकारी दिए। मृतक भट्टचनका श्रीमान, एक छोरा र एक छोरी छन्।

 हालसम्म कोरोना संक्रमणबाट विश्वरभर २८ नेपालीको मृत्यु भएको छ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ८ : ०१ बजे

क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित

काभ्रेपलाञ्चोक- गत महिनाको बाढीपहिरोमा परी यहाँ ७९ जनाले ज्यान गुमाए

सिक्किमकी सन्ध्या : याक्थुङ मुन्धुमको किलोजरो खोज्न नेपालका वनपाखा चाहार्दै

याक्थुङ मुन्धुम र याक्थुङ सभ्यताको जरा खोज्दै कहिले ताप्लेजुङको लेलेपको

बाटो नबन्दा सरसफाइ केन्द्र सञ्चालनमा समस्या

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–२ बहपुरमा निर्माण गरिएको फोहरमैला व्यवस्थापन केन्द्र

लगातार तीन खेलमा जित बिहीन पिएसजी : सुरुवाती अग्रता तोड्दै एट्लेटिको म्याड्रिड विजयी

लण्डन – पेरिस सेन्ट जर्मन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगका तीन

राष्ट्रिय एकता मजबुत बनाउन छठको विशिष्ट भूमिका छ : सभाध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव