पैदलयात्रीलाई खाजा खुवाउँदै गाडी चढाउँदै गाउँपालिका | Khabarhub Khabarhub

पैदलयात्रीलाई खाजा खुवाउँदै गाडी चढाउँदै गाउँपालिका


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – केन्द्र सरकारको निर्देशनानुसार चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले पैदलयात्रीलाई सहजता प्रदान गर्दै आएको छ ।

विभिन्न जिल्लाबाट गाउँपालिका हुँदै घर हिडेँका पैदलयात्रीलाई खाजा खुवाउँदै पठाउने गरेको हो ।

लकडाउनका कारण प्रभावित भई राजधानी काठमाडौँ र धादिङबाट घर जान राजमार्गमा हिँडेरै आएका पैदलयात्रीलाई चितवन र धादिङको सीमाना मौवाखोलामा खाजा खुवाउँदै गाडीमा चढाएर गन्तव्यतर्फ पठाउने गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् ।

पैदलयात्रुलाई आवश्यक सहयोग गर्न निरन्तर आफैँ खटिएको गाउँपालिका अध्यक्ष गुरुङले बताइन् । अध्यक्ष गुरुङले भनिन्, ‘म केही दिन अघिदेखि निरन्तर खटिरहेको छु केन्द्रीय राजधानी काठमाडौँ र धादिङदेखि आएका पैदलयात्रीलाई खाजा खुवाएर गाडी चढाउँदै उनीहरुलाई गन्तव्यतर्फ पठाउने गरेको छु ।’

अध्यक्ष गुरुङका अनुसार अहिलेसम्म झण्डै एक हजार पैदलयात्रीलाई मौवाखोलाबाट गाडीमा चढाएर गन्तव्यमा पठाएका छन् ।

गाउँपालिकाले लकडाउनकै बेला देशका विभिन्न स्थानमा काम गर्दागर्दै अलपत्र परेका इच्छाकामना गाउँपालिकाका झण्डै १०० मजदूरलाई समेत उद्धार गरेको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १० : ३४ बजे

एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला आज

काठमाडौं– नेकपा एमालेका केन्द्रीय विभागहरूको संयुक्त भेला आज (आइतबार) हुँदैछ

काठमाडौं महानगरले आज बजेट ल्याउँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को

आदिकविबाट नेपालीलाई भाषा र भावनाको सेतुले जोड्ने काम भयो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यले नेपालीलाई भाषा र

दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ

सिरहा– सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी

कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई

इलाम– इलाम माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा