नेपालबाट आफ्ना नागरिक उद्धार गर्न रुसले पठायो विमान | Khabarhub Khabarhub

नेपालबाट आफ्ना नागरिक उद्धार गर्न रुसले पठायो विमान


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्ना नागरिकको उद्धारका लागि रुसले विमान नेपाल पठाएको छ । रसियाली नागरिकलाई उद्धार गर्नको लागि मस्कोबाट रोयल फ्लाई एयरलाइन्सको विमान आज काठमाडौं आएको हो ।

लकडाउनका कारण नेपालमा रहेका रसियन नागरिकलाई स्वदेश फिर्ता लैजानका लागि बोइङ–७५७ विमान आएको हो ।
यो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार उक्त विमानले १ सय ४३ रसियन नागरिकलाई उद्धार गरेर १२ : ३०मा मस्कोका लागि उडान भर्ने छ ।

काठमाडौंमा रहेको रसियन दूतावासले आफ्ना नागरिक फिर्ता पठाउनको लागि सो विमान चार्टर गरेको हो ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १ : १४ बजे

एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला आज

काठमाडौं– नेकपा एमालेका केन्द्रीय विभागहरूको संयुक्त भेला आज (आइतबार) हुँदैछ

काठमाडौं महानगरले आज बजेट ल्याउँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को

आदिकविबाट नेपालीलाई भाषा र भावनाको सेतुले जोड्ने काम भयो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यले नेपालीलाई भाषा र

दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ

सिरहा– सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी

कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई

इलाम– इलाम माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा