अस्पताल तथा मेडिकल कलेजहरुलाई सेवा शुचारु गर्न निर्देशन | Khabarhub Khabarhub

अस्पताल तथा मेडिकल कलेजहरुलाई सेवा शुचारु गर्न निर्देशन


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार हुने अस्पतालबाहेक अन्य विशेषज्ञ सेवा संचालन हुने अस्पताल तथा मेडिकल कलेजहरुलाई सेवा शुचारु गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोनाको उपचार हुने अस्पताल बाहेकका विशिष्टि तथा विशिष्टिकृत अस्पतालहरुलाई अत्यावश्यक सेवा सुचारु गरिरहन आग्रह गरेका हुन् ।

‘विभिन्न रोगहरु र अवस्थाहरु जस्तै क्यान्सर, डायलाइसिस गर्नुपर्ने अवस्था, मुटु रोग, प्रसूति सम्बन्धि जटिल र सुत्केरी सम्बन्धित सेवा, दम लगायतका दिर्घ रोगका बिरामीलाई अत्यावश्य सेवा चाहिने हुन्छ,’ सोमबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा देवकोटाले भने, ‘यस्ता सेवा दिइरहेका विशिष्टकृत अस्पतालहरु, अति विशिष्टिकृत अस्पतालहरु र मेडिकल कलेजहरु सबैले यो सेवाहरु शुचारु गरिरहनुभएको होला भनेर मन्त्रालयले अपेक्षा गरेको छ र शुचारु गर्न पनि अनुरोध गरेका छौं ।’

डा देवकोटाले कुनैपनि आकस्मिक स्वास्थ्य सेवा लिन आउने बिरामीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने बताए । उनले जटिल अवस्थामा बाहेक दीर्घ रोगका बिरामी र सुत्केरीलाई घरबाहिर ननिस्कन पनि आग्रह गरेका छन् ।

प्रवक्ता देवकोटाले विभिन्न अस्पतालमा रहेका लैंगिक हिंसाको (ओसिएमसी) सेवा पनि संचालन गर्न निर्देशन दिए । उनले लकडाउनको कारण औषधि पसल जान नसकेको वा औषधि उपलब्ध नभएका दीर्घ रोगी, गम्भिर प्रकृतिका मष्तिष्क घातका बिरामी, विभिन्न किसिमका अपाङ्गता भएका बिरामीको लागि औषधि र साहायता उपलब्ध गरान पनि सबै स्थानीय तह र सरोकारवालालाई आग्रह पनि गरेका छन् ।

नयाँ संक्रमित छैन

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले पछिल्लो २४ घण्टामा कोरोना भाइसरको नयाँ संक्रमित नभेटिएको बताए । पछिल्लो २४ घण्टामा ३ सय २४ वटा थ्रोड स्वाबको नमूना पीसीआर विधिबाट परीक्षण गरिएको भएपनि नयाँ संक्रमण नभेटिएको प्रवक्ता डा देवकोटाले बताए ।

उनका अनुसार पीसीआर विधिबाट हालसम्म ८ हजार ४ सय १४ जनाको नमूना परीक्षण गरिएको छ । यस्तै कुल संक्रमित ३१ जनामध्ये ४ जना निको भएर घर फर्किएको र २७ जना विभिन्न अस्पतालमा उपचारत रहेको डा देवकोटाको भनाइ छ ।

प्रवक्ता देवकोटाका अनुसार र्‍यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) विधिबाट हालसम्म २५ हजार १ सय ४८ वटा नमूना परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्र ३ हजार १९ जनाको नमूना आरडीटीबाट परीक्षण गरिएको छ । प्रवक्ता देवकोटाका अनुसार आरडीटी विधिबाट हुने परीक्षण देशभरका ७७ वटै जिल्लामा शुरु भएको छ ।

आरडीटी विधिबाट गरीने परीक्षणका गर्दा कुनै व्यक्तिमा कोरोना संक्रमणको संकेत (एन्टिबडी पोजेटिभ) देखिएमा पिसिआर विधिबाट पुन: परीक्षण गरेपछि मात्र स्वास्थ्य मन्त्रालयले ती व्यक्तिलाई संक्रमति मान्ने गरेको छ ।

दुवै विधिबाट हालसम्म ३३ हजार ५ सय ६२ वटा नमूना परीक्षण भएको छ । प्रवक्ता देवकोटाका अनुसार आरडीटी विधिबाट हालसम्म प्रदेश १ मा २ हजार ३ सय ४९ वटा, प्रदेश २ मा ३ हजार २ सय ३८ वटा, बाग्मती प्रदेशमा ४ हजार ९ सय ७६ वटा नमूना परीक्षण गरिएको छ ।

यस्तै गण्डकी प्रदेशमा ३ हजार ७ सय ५१, प्रदेश ५ मा २ हजार ३ सय २४, कर्णाली प्रदेशमा ३ हजार २ सय ३२, र सुदुरपश्चिम प्रदेशमा ५ हजार ५ सय ७८ वटा नमूना आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

देशभरका आइसोलेसनमा १ सय ११ जना

कोरोनाको सम्भावित लक्षण देखिएर विभिन्न अस्पतालको आइसोलेनमा रहेकाहरुको संख्या आज १ सय ११ जना रहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार उपत्यका भित्र ४ जना र उपत्यका बाहिर १ सय ७ जना गरी १ सय ११ जना विभिन्न अस्पतालको आइसोलेसनमा रहेका छन् ।

प्रवक्ता देवकोटाका अनुसार देशभरका विभिन्न जिल्लामा गरी ५ हजार ९ सय ३६ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ५ : ०६ बजे

काठमाडौंको नगरसभामा प्रमुख प्रशासकीय अधिकृतको छटपटी (तस्बिरहरू)

काठमाडौं– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार

तीन वर्षपछि क्यानले आदिललाई बोलायो प्रशिक्षणमा

काठमाडौं- टी-ट्वान्टी विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोट प्रतियोगिताका

यस्तो छ १९ दिन ढिला गरी काठमाडौं महानगरले ल्याएको बजेट (पूर्णपाठ)

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट

निजामती विधेयकको त्रुटि छानबिन गर्न गठित समितिको संयोजक पदलाई सभापतिमा परिणत

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सदनमा प्रस्तुत भएको

प्रतिनिधिसभाबाट विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको