काठमाडौं महानगरका ८०८ जनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

काठमाडौं महानगरका ८०८ जनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिका क्षेत्रभित्र वसोवास गर्दै आएकाहरुको र्‍यापिड डाइनोस्टिक टेस्टलाई तीव्रता दिएको छ ।

महानगरले  हालसम्म ८०८ जनाको कोरोना परीक्षण गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ । महानगरका ३२ वडामध्ये २५ वटा वडाका ८ सय ८ जनाको र्‍यापिड टेस्ट गरेको जानकारी दिएको छ ।

काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्यका अनुसार आज मात्रै ६, ७, ८ र ९ का १ सय ६८ जनाको टेष्ट गरिएको हो । ती सबैको रिपोर्ट नेगेटिभ नै आएको छ ।

अब १,२ ३, ११, २८, २९ र ३० वडाको र्‍यापिड टेस्ट गर्न बाँकी रहेको महानगरले जनाएको छ । र्‍यापिड टेस्ट शुरु गरेको दोस्रो दिन वडा–४ मा ५१ र तेस्रो दिन अर्थात बैशाख ५ गते ९, १०, १५, ३१ र ३२ वडाका ३ सय ८६ जनाको टेष्ट गरेको काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए ।

चौथौ दिन भित्री शहरमा १८, १९, २०, २१, २२, २३, २४, २५, २६ र २७ गरी १० वटा वडाका ७८ जनाको टेष्ट गरिएको थियो । उनीहरु पनि सबैको रिपोर्ट नेगेटिभ नै आएको थियो । आइतबार वडा–१२, १३, १४, १५, १६, १७ र २६ गरी १ सय ७६ जनाको टेष्ट गरिएको थियो । उनीहरुको पनि सबैको रिपोर्ट नेगेटिभ नै आएको थियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले २०७६ फागुन १८ पछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका, कोरोना लक्षणको शंका लागेकालगायतका व्यक्तिहरु कोरोना परीक्षण गरिएको जानकारी दिए ।

उनले विदेशबाट फर्किएकाहरुको तथ्यांक संकलनको कामलाई पनि तिव्रता दिइरहेको जानकारी दिए । काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले २०७६ फागुन १८ पछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका ३ सय २१ जनाको विवरण संकलन गरेको जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : १९ बजे

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपिएको

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौं– संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि पूर्वप्रधानन्यायाधीश सुशीला

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय