१० डीआईजीको पदस्थापन, सीआईबीमा सहकुल थापा « Khabarhub

१० डीआईजीको पदस्थापन, सीआईबीमा सहकुल थापा


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)को पदस्थापन गरेको छ।

प्रहरी प्रधान कार्यालयले पदस्थापन गरेकामध्ये सात जनालाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ । यसरी जिम्मेवारी पाउनेमा प्रदेश नम्बर १ मा ईश्वरबाबु कार्की, २ मा धिरजप्रताप सिंह, बागमतीमा बसन्त लामा र गण्डकी प्रदेश घनश्याम अर्याल रहेका छन्।

त्यस्तै, प्रदेश ५ मा रविन्द्र धानुक, कर्णाली प्रदेशमा बसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदीलाई पदस्थापन गरिएको हो ।

यसैगरी, सीआईबीमा सहकुल थापालाई पदस्थापन गरिएको छ। थापा यसअघि अपराध महाशाखाका प्रमुख थिए। विशेष ब्युरोमा प्रद्युम्न कार्कीलाई सरूवा गरिएको छ। प्रदेश २ को डीआइजीमा प्रद्युम्न कार्की थिए।

त्यस्तै, प्रहरी प्रधान कार्यालयमा निरज शाहीलाई पठाइएको छ। प्रहरी तालिम केन्द्रको जिम्मेवारी प्रकाशजंग कार्कीलाई दिइएको छ भने अख्तियार अनुसन्धान कार्यालयमा अरूण बिसीलाई पठाइएको छ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ७ : २७ बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन