कोरोना भाइरस : मृत्यु हुनेभन्दा उपचार गरेर फर्कनेको संख्या बढ्दै « Khabarhub

कोरोना भाइरस : मृत्यु हुनेभन्दा उपचार गरेर फर्कनेको संख्या बढ्दै


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वलाई आतंकित बनाएको कोरोना भाइरस संक्रमितहरु उपचार गरेर घर फर्कनेको संख्या बढ्न थालेको छ । पछिल्लो तथ्यांक अनुसार ज्यान गुमाउनेको संख्याभन्दा निको भएर घर फर्किनेको संख्या चार गुणा बढी छ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार मंगलबार बिहानसम्म विश्वमा कोरोना भाइरसबाट १ लाख ७० हजार ४५६ जनाले ज्यान गुमाउँदा निको भएर घर फर्किनेको संख्या ६ लाख ५२ हजार १५० छ। यो मृत्यु हुनेभन्दा निको हुनेको संख्या करिब ४ गुणा बढी हो।

कोरोना निको हुनेहरुको संख्या सबैभन्दा धेरै जर्मनीमा छ। जहाँ अहिलेसम्म ९१ हजार ५ सय निको भएर घर फर्किएका छन्। जर्मनीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने ४ हजार ८ सय ६२ छ। यो भनेको मृत्यु हुने भन्दा निको हुनेको संख्या करिब १९ गुणा बढी हो।

यस्तै स्पेनमा कोरोना जित्नेको संख्या ८० हजार ५ सय ८७ पुगेको छ। जहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० हजार ८ सय ५२ छ।

चीनमा कोरोनाबाट ४ हजार ६ सय ३६ जनाको मृत्यु हुँदा निको हुनेको संख्या ७७ हजार ७ सय ७४ छ। यो मृत्यु हुने भन्दा कोरोना जित्नेको संख्या करिब १७ गुणा बढी हो।

अमेरिकामा ७ लाख ८६ हजार ६ सय ३८ जना संक्रमित भएका छन् भने ४२ हजार ३ सय ८ जनाको मृत्यु भएको छ। ७२ हजार ७ सय ४९ जना निको भएर घर फर्किएका छन्।

इरानमा कोरोनाबाट ५ हजार २ सय ९ जनाको मृत्यु भएको छ भने ५९ हजार २ सय ७३ जना कोरोनालाई जितेर घर फर्किएका छन्। मृत्यु हुनेभन्दा कोरोना जित्नेको संख्या ११ गुणाभन्दा बढी छ।

इटालीमा २४ हजार १ सय १४ जनाको कोरोनाबाट मृत्यु भएको छ भने निको भएर घर फर्किनेको संख्या ४८ हजार ८ सय ७८ छ।

छिमेकी मुलुक भारतमा कोरोनाबाट ५ सय ९२ जनाले ज्यान गुमाउँदा ३ हजार २ सय ७३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

विश्वभर हरेक दिन कोरोना जितेर घर फर्किनेको संख्या २० देखि २५ हजारभन्दा बढी छ भने औसतमा कोरोनाबाट हरेक दिन ५ देखि ६ हजारले ज्यान गुमाइरहेका छन्।

सोमबार कोरोनाबाट ५ हजार ३ सय ६६ जनाको मृत्यु हुँदा २१ हजार २ सय ३० जना निको भएर घर फर्किएका छन्। यस्तै आइतबार ४ हजार ९ सय ८४ जनाले कोरोनाबाट ज्यान गुमाउँदा २८ हजार ६ सय १६ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

शनिबार ६ हजार ४ सय ३३ जनाको मृत्यु हुँदा २४ हजार ९ सय ९ जना कोरोना जितेर घर फर्किएका छन्।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १० : ४९ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक