चीनबाट स्वास्थ्य सामग्री ल्याउन सेनाले गर्‍यो सवा २ अर्ब रुपैयाँ बढीको सम्झौता « Khabarhub

चीनबाट स्वास्थ्य सामग्री ल्याउन सेनाले गर्‍यो सवा २ अर्ब रुपैयाँ बढीको सम्झौता


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले चीनबाट कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिदका लागि सवा २ अर्ब रुपैयाँको सम्झौता गरेको छ ।

सेनाले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा कवच (पीपीई), मास्क, ग्लोब्स लगायतका स्वास्थ्य समग्री खरिदका लागि सम्झौता गरेको हो ।

मन्त्रिपरिषदको निर्णयानुसार सेनाले चीनबाट करिब ३ सय ४० टन स्वास्थ्य सामग्री खरिद गर्न लागेको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले स्वास्थ्य सामग्री खरिदका लागि १ करोड ८४ लाख ४१ हजार अमेरिकी डलर बराबरको सम्झौता भएको जानकारी दिए ।

जीटूजी विधिबाट हुने खरिद अनुसार सेनाले चीनसँग सम्झौता गरेको हो । सम्झौताअनुसार नेपालले खरिद गर्ने स्वास्थ्य सामग्रीहरु हवाई तथा स्थल दुवै मार्गबाट ल्याइने छ ।

यसअघि सरकारले आम्नी ग्रुपसँग स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरेको थियो । ओम्नीसँगको सम्झौता विवादित भएपछि सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएको थियो ।

सेनाले चीनसहित भारत, दक्षिण कोरिया, सिंगापुर, इजरायलसँग स्वास्थ्य सामग्री खरिदका लागि प्रस्ताव गरेको थियो । तर, अन्ततः चीन मात्रै नेपालले माग गरेअनुसारका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन तयार भएको हो ।

यद्यपि, कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने केही औषधिहरु भने भारतबाट पनि खरिद गरिने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिको सूची तयार पारी भारतसँग खरिद प्रक्रिया अगाडि बढाइएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ४ : ११ बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि