प्रहरीविरुद्ध नै अफवाह फैलाएको भन्दै सप्तरीमा १ जना पक्राउ | Khabarhub Khabarhub

प्रहरीविरुद्ध नै अफवाह फैलाएको भन्दै सप्तरीमा १ जना पक्राउ


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– शान्ति सुरक्षा र प्रहरीको छविमा आँच आउने गरी झुठो अफवाह फैलाएको आरोपमा सप्तरी प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका-४ बस्ने २६ वर्षीय दिवाकर कुमार साह छन् । प्रहरीले साहलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

साहले खडक नगरपालिका-६ बीरपुर बस्ने ६५ वर्षीया महिलाको सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको सम्बन्धमा सामाजिक सञ्जाल फेसबुक लाईभ मार्फत अफवाह फैलाएको प्रहरीको आरोप छ ।

प्रहरीले कुटपिट गर्दा उनको मृत्यु भएको भनी झुठो अफवाह फैलाएपछि सोही नगरपालिका-७ कुनैलीमोडबाट साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकरी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ५ : ५० बजे

भारतमा विद्युतीय मतदानबारे परेको रिट खारेज

एजेन्सी – भारतमा लोकसभा निर्वाचनअघि विद्युतीय मतदानबारे परेको रिट त्यहाँको

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार