उदयपुरमा थप ८ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४० पुग्यो « Khabarhub

उदयपुरमा थप ८ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४० पुग्यो


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४० पुगेको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानमा गरिएको पीसीर परीक्षणबाट उदयपुरका ८ जना व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ८ जना मै कोरोना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले खबरहबसँग भने, ‘वीपी कोइरालामा गरिएको परीक्षणमा ८ जनामै कोरोना पोजेटिभ देखिएको हो । सबैजना पुरुष छन् भन्ने कुरा आएको छ । उनीहरुको विषयमा थप जानकारी लिन लागिरहेका छौं ।’

उनीहरुको यसअघि केशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणको नतिजा संकास्पद आएपछि  थ्रोड स्वाब धरान लगेर पुनः पीसीआर विधिबाट परीक्षण गरिएको हो । ८ जना संक्रमतिलाई अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।

बीवफ कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको प्रयोगशालामा पनि उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्य मन्त्रालयले ८ जना नयाँ संक्रमित थपिएको पुष्टि गरेको हो ।

यसअघि आजको पत्रकार सम्मलेनमा पनि उदयपुरका थप एकजना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरकै ३३ वर्षीया पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

नेपालमा कोरोना कोरोनाको संक्रमण देखिएकामध्ये ५ जना निको भएर घर फर्किसकेका छन् । बाँकी ३५ जना विभिन्न अस्पतालमा उपचारत छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ६ : ४२ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक