उदयपुरका थप ११ जनामा कोरोनाको पुष्टिसँगै नेपालमा संक्रमितको संख्या ४२ पुग्यो « Khabarhub

उदयपुरका थप ११ जनामा कोरोनाको पुष्टिसँगै नेपालमा संक्रमितको संख्या ४२ पुग्यो


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

उदयपुर –  उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका ११ जना स्थानीयवासीमा कोरोना भाइरसको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ४२ पुगेको छ ।

मंगलबार मात्रै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद टोलका थप ११ जनामा पनि कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो भने बाँकी ८ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ नतिजा देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए ।

कोरोनाको संक्रमण देखिएका ११ जनाको कोशी अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आज ९ जना पुरुष र २ जना महिला गरी ११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

आज पुष्टि भएका भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष, ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला गरी जम्मा ११ जना रहेका छन । हालसम्मको अध्यावधिक विवरण अनुसार नेपालमा कोभिड-१९ पुष्टी भएको संख्या ४२ पुगेको छ | संक्रमित ४२ मध्ये ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । विभिन्न अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको मन्त्रालयद्वारा विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ६ : ४३ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध