लकडाउनलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन « Khabarhub

लकडाउनलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले लकडाउन कार्यान्वायन र सामाजिक दूरी कायम गर्ने विषयमा प्रहरीको अहम् भूमिका रहने भन्दै त्यसको प्रवाभकारी कार्यान्वयन गराउन प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षकबाट बढुवा भएका १० प्रहरी नायब महानिरीक्षकलाई सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको वर्तमान अवस्थामा सीमा नाकामा थप कडाइका लागि विशेष ध्यान दिन आग्रह गरे ।

गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री थापाले भने, “राज्यले विश्वास गरेर तपाईंहरूलाई यो जिम्मेवारी प्रदान गरेको छ, जिम्मेवारी इमानदारीपूर्वक पालन गर्दै सिर्जनात्मक ढंगले काम कारबाही अघि बढाउनुहोस् ।” मुलुक कोरोनाविरुद्धको लडाइँमा रहेको अवस्थामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले अग्रमोर्चामा रहेर काम गरिरहेको उल्लेख गर्दै गृहमन्त्री थापाले राज्यको रणनीति सफल भए हामीले यो लडाइँ जित्ने बताए ।

उनले लकडाउनको समयमा नागरिकलाई कुनै समस्या भए तत्काल पूरा गर्नतर्फ अग्रसर हुनसमेत अनुरोध गरे । “सबै प्रदेशको आ-आफ्नै विशेषता छ, त्यसलाई मनन गर्दै काम गर्नुहोस्, प्रदेश सरकारसँग राम्रो समन्वय गर्नुहोस्,” गृहमन्त्री थापाले प्रदेश प्रमुख भएर जाने प्रहरी अधिकृतलाई निर्देशन दिँदै भने ।

गृहसचिव महेश्वर न्यौपानले बढुवा भएका डीआईजीलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिँदै सुरक्षाकर्मीको सानो गल्तीको बढाइ-चढाइ हुने गरेको उल्लेख गर्दै विशेष चनाखो रहन आग्रह गरे । नेपाल सरकार, गृहमन्त्रीस्तरको वैशाख ७ को निर्णयअनुसार एसएसपीहरु घनश्याम अर्याल, प्रकाशज‌ग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बीसीलाई डीआईजीमा बढुवा गरिएको थियो । प्रहरी प्रधान कार्यालयले सबै डीआईजीको पदस्थापनसमेत गरिसकेको छ ।

प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार हाल नेपाल प्रहरीको प्रदेश १ मा डीआईजी ईश्वरबाबु कार्की, प्रदेश २ मा धीरजप्रताप सिंह, वाग्मती प्रदेशमा वसन्तकुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रवीन्द्रबहादुर धानुक, कर्णाली प्रदेशमा वसन्तकुमार पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ७ : ०३ बजे

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक