उपप्रधानमन्त्री पोखरेललाई संसदीय समितिको चार बुँदे निर्देशनपत्र « Khabarhub

उपप्रधानमन्त्री पोखरेललाई संसदीय समितिको चार बुँदे निर्देशनपत्र


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई चार बुँदे निर्देशनपत्र बुझाएको छ ।

मन्त्री पोखरेललाई आज समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले निर्देशनपत्र बुझाएका हुन् । पत्रमा सरकारले वितरण गरेको राहत गुणस्तरहीन भएको हुँदा कालोबजारी गर्नेलाई तत्काल कारवाही गर्न भनिएको छ ।

त्यसैगरी भारतीय सीमा नाकामा अलपत्र परेका नेपालीलाई स्वास्थ परीक्षण गरी सुरक्षित तबरबाट नेपाल ल्याउन पहल गर्नुपर्ने, अलपत्र परेका नागरिकलाई सुरक्षित रुपमा घर जाने व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।

लकडाउनको अवस्थामा खाद्यान्नको अभाव हुन नदिन कम्तीमा तीन महिनासम्मका लागि खाद्यान्न भण्डारको व्यवस्था मिलाउन र कृषि क्षेत्रको प्रवद्र्धन गर्ने गरी दीर्घकालीन योजना बनाउन समितिले निर्देशन दिएको छ ।

समितिले विदेशमा गएका श्रमिकको रोजगारी खोसिन गई अलपत्र परेका नागरिकलाई उचित व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ९ : १२ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र