अतिआवश्यक सामग्रीका विषयमा लिखित जवाफ माग « Khabarhub

अतिआवश्यक सामग्रीका विषयमा लिखित जवाफ माग


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउनको अवस्थामा अतिआवश्यक वस्तुको आपूर्तिको व्यवस्थापनका विषयमा सर्वोच्च अदालतले लिखिल जवाफ माग्ने आदेश जारी गरेको छ ।

न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलाशले आज औषधि, पानी, खाद्यान्न सामग्रीको आपूर्ति व्यवस्थापनका विषयमा लिखित जवाफ माग गरेको हो ।

अधिवक्ता शैलेन्द्रप्रसाद हरिचनलगायतले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा लकडाउनका बेलामा अतिआवश्यक सामग्री र जनताप्रति मानवीय व्यवहार गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

अदालतले यसअघिका अन्य आदेशका विषयमा यही वैशाख ११ गते महान्यायाधीवक्ता नै अदालतमा उपस्थित हुने भएकाले उक्त दिन छलफलका लागि दुवै पक्षलाई बोलाउने तय भएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ९ : ३५ बजे

राष्ट्रपति पौडेल र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच आज बिहान

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने