कोरोनाभाइरसविरुद्ध लड्न ‘गुर्जो’को रस फाइदाजनक : योगगुरु रामदेव | Khabarhub Khabarhub

कोरोनाभाइरसविरुद्ध लड्न ‘गुर्जो’को रस फाइदाजनक : योगगुरु रामदेव


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गुर्जो नेपालमा पाइने महत्त्वपूर्ण जडीबुटी हो। गुर्जोमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले आयुर्वेदिक चिकित्सकहरुले यो जडीबुटीको प्रयोग गर्न सुझाव दिएका छन्।

औषधिय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य रोगहरुको औषधिको रूपमा प्रयोग गरिन्छ।

साथै विभिन्न खालको एलर्जी, चर्मरोग, पेट रोगमा यसलाई रामवाण मानिन्छ। मधुमेह, क्यान्सरसम्मका लागि गुर्जो अचूक ‌‌औषधि हुने आयुर्वेद चिकित्सहरु बताउँछन् ।

हाल विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिइरहेको छ। र अहिले सम्म कोरोना भाइरसको खोप वा कुनै उपचार पद्धति विकास नभएकाले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने आयुर्वेद चिकित्सहरु बताउँछन् ।

भारतीय योग गुरु बाबा रामदेवले कोरोना भाइरस (कोभिड-१९)सँग नडराउन आग्रह गर्दै गुर्जोको रस पिउँदा फाइदा हुने बताएका छन् ।

उनले झारखण्ड राज्यको एक कार्यक्रममा गुर्जोको रस पिउँदा कोरोना भाइरले संक्रमण नगर्ने दाबी गरेका हुन् । रामदेवले गुर्जोका साथै अन्य ४ घरेलु जडीबुटीको मिक्स रस पिउँदा प्रतिरोधात्मक क्षमता बढ्ने हुँदा कोरोना भाइरसको संक्रमणबाट बच्ने सल्लाह दिएका हुन् ।

उनले झारखण्ड पुगेर कार्यक्रममा मन्तव्य राख्ने क्रममा भने ‘नियमित योग र आयुर्वेद चिकित्सा पद्धतिको माध्यमले हामी कोरोना भाइरससँग लड्न सक्छौँ । योग र पाँच औषधियुक्त सामग्री प्रयोग गर्दा सधैँका लागि कोरोना भाग्छ ।’

रामदेवले भस्त्रीका, कपालभाती र अनुमोल विलोम, प्राणायम र हल्दी, मरिज, गुर्जो, अदुवा र तुलसीको रस बनाएर नियमित खाए कोरोना भाइरसको संक्रमणले नछुने दाबी गरेका छन् ।  उनले यसलाई बिहान बेलुका खान पनि भनेका छन् ।

संस्कृतमा गुडुची वा छिन्नोद्भवा भनेर चिनिने यस वनस्पतिलाई हिन्दीमा गिलोय भनिन्छ । यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कर्डिफोलिया’ हो । फूल फुल्ने र फल लाग्ने श्रेणीविहीन रानुन्कुलालस गणमा यो गनिन्छ । मेनिस्परमासिया परिवार र टिनोस्पोरा वंशमा पर्ने टी कोर्डिफोलिया प्रजातिको जडीबुटी हो ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ७ : २१ बजे

भारतले इरानमा फसेका नेपालीको उद्धारमा सहयोग गर्ने

काठमाडौं– भारत सरकारले इरानमा फसेका नेपाली नागरिकको उद्धारका लागि सहयोग

चितवनमा सवारी दुर्घटना, सातजनाको मृत्यु, १८ घाइते

चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी

म एउटा मान्छे कतिजनाको भाकलका लागि कति पटक रेटिने ? : रवि लामिछाने

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका राष्ट्रिय

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको

सभापति लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको छ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार तेस्रो स्थापना दिवस मनाएको